काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई सार्वजनिक कार्यक्रममा जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवालाई ७ दिन थुनामा राख्न अनुमति दिएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले तिरुवाविरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई ७ दिनको समय दिइएको बताए । कसुर पुष्टि भए प्रशासनले तिरुवालाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय गराउन सक्छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा आइतबार आयोजित कार्यक्रममा भाषण गरिरहेका दाहाललाई लक्षित गरी तिरुवाले जुत्ता प्रहार गरेका थिए तर उनले प्रहार गरेको जुत्ताले दाहाललाई भने लागेन ।यसैबीच, महानगरीय प्रहरी कार्यालयले घटनाबारे छानबिन गर्न एसएसपी सहकुल थापाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । समितिलाई ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia