प्रभु बैंकको इनरुवा शाखाले नगरपालिकाको कार्यालयलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ ।कोरोना भाइरसको महामारीसँगै जारी लक डाउनका कारण गरिव तथा विपन्न परिवारमा छाक टार्ने समस्या परेको भन्दै प्रभु बैंकले इनरुवा नगरपालिकाको कार्यालयलाई सहयोग गरेको हो ।

बैंकको इनरुवा शाखाका प्रबन्धक कृष्णप्रसाद घिमिरेले ४ सय २९ किलो चामल नगरपालिका प्रमुख राजन मेहतालाई हस्तान्तरण गरेका हुन् ।घिमिरेका अनुसार सामाजिक उत्तरदायित्व वहन अन्र्तगत खाद्यान्न सामाग्री सहयोग गरिएको हो । घिमिरेका अनुसार प्रभु बैंकका सबै शाखाहरुले मातहतमा रहेका स्थानीय तहमा सहयोग उपलब्ध गराईरहेका छन् । प्रभु बैंकको केन्द्रिय कार्यालयले नेपाल सरकारलाई १ करोड १ लाख सहयोग उपलब्ध गराएको समेत घिमिरेले बताए ।


https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2

https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4

https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia