लामो समय मधेश र मधेशीका मुद्धाका सवालमा आवाज उठाउँदै विभिन्न मधेशवादी दलमा आफ्नो उपस्थिति जमाएका इनरुवाका सरोज मिश्राले लकडाउनको समयमा घटेका घटनाक्रम प्रति अफसोच जनाएका छन् ।

उनले अध्याधेश प्रकरणसँग सांसद अपहरणको घटनाका साथै जनता समाजवादी पार्टी सम्मको एकीकरण प्रकृयालाई बेतुकको राजनीति भनेका छन् । मधेश र मधेशीका सवालमा संघर्ष गर्ने प्रण गरेका दलहरु स्वार्थलिप्तामा लाग्दा जनतामा नैराश्यता छाएको उनको बुझाई छ । त्यही भएर उनले जसपालाई समर्थन गर्न नसकिने भन्दै यसअघि जिल्लामा समाजवादी पार्टीमा रहेको आफ्नो जिम्मेबारीबाट राजिनामा गरेको जानकारी समेत गराएका छन् । उनले विज्ञप्ती निकालेर आफ्ना असन्तुष्टि सहितका विषय बाहिर ल्याएका छन् ।








https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2

तपाईको प्रतिक्रिया

trusted online casino malaysia