डिज्ने प्लस हटस्टारले सुशान्तसिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’ अनलाइनमार्फत् रिलिज हुने भएको छ। डिज्ने प्लस हटस्टारले सुशान्तको अन्तिम फिल्म यही जुलाई २४ तारिकदेखि निःशुल्क प्रसारण गर्ने घोषणा गरेको हिन्दुस्तान टाइम्सले लेखेको छ। मुकेश चाबराको डेब्यु निर्देशनमा बनेको ‘दिल बेचारा’ जोन ग्रिनको उपन्यास तथा हलिउड फिल्म ‘द फल्ट इन आवर स्टार्स’को रिमेक हो।

‘माया, आशा र असंख्य सम्झनाहरूको कथा। सुशान्तसिंह राजपुतको सम्झना सधैं रहनेछ। दिल बेचारा यही जुलाई २४ देखि सबैका लागि सार्वजनिक हुनेछ,’ डिज्ने प्लस हटस्टारले ट्विट गरेको छ। ‘दिल बेचारा’ मा सुशान्तसँगै मुख्य भूमिकामा सन्जना सांगी पनि छन्। सुशान्तको निधनले आफूलाई चोट पुर्‍याएको बताउँदै उनले यो फिल्मलाई ‘हेर्न बाँकी रहेको एउटा उपहार’ भनेकी छन्। डिज्ने प्लस हटस्टारको ट्विट सेयर गर्दै सन्जनाले यो फिल्म सबैले निःशुल्क हेर्न पाउने बताएकी छन्। ‘सुशान्त र उनको सिनेमाको मायाका लागि, यो फिल्म सबै डिज्ने प्लस हटस्टारका सबस्क्राइबरहरू र नहुनेहरू सबैले हेर्न पाउनेछन्,’ उनले लेखेकी छन्। निर्देशक मुकेशले पनि एक विज्ञप्तिमा सुशान्त आफ्नो फिल्मको नायक मात्र नभएर आफ्नो साथी पनि भएको बताएका छन्। ‘हामी फिल्म काइ-पो-चे देखि नै नजिक थियौं। ऊ मेरा सुख दुःखमा साथ थियो,’मुकेशले भनेका छन्, ‘उसले मेरो पहिलो निर्देशनको फिल्ममा काम गर्ने वाचा गरेको थियो। हामीले सँगै धेरै योजना बनाएका थियौं, धेरै सपना देखेका थियौं। तर ऊ बिनै मैले यसरी एक्लै फिल्म रिलिज गर्नुपर्ला भन्ने कल्पना छँदै थिएन।’ अभिनेता सुशान्तसिंहले गत जेठ ३२ गते मुम्बईस्थित आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए। ३४ वर्षीय सुशान्त केही समययता डिप्रेसनमा थिए।








तपाईको प्रतिक्रिया

trusted online casino malaysia