इस्लाम धर्मावलम्बीले आफ्नो दोस्रो ठूलो पर्व बकर ईद (इदुल जोहा) आज मनाउँदैछन् । मुस्लिम समुदायले दोस्रो ठूलो पर्वका रुपमा सद्भाव एवं शुभेच्छा आदानप्रदान गरेर यो चाड मनाउँछन् । मुस्लिम समुदायले यस पर्वका दिन सामूहिक रूपमा नमाज पढ्दै एकआपसमा शुभकामना साटासाट गर्ने गर्छन् ।

तर कोरोना भाइरस महामारीका कारण इस्लाम धर्मावलम्बीले सामूहिक रुपमा नमाज पढ्न नपाउने अवस्था छ । आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचाराको अभिवृद्धिका लागि बकर ईद मनाउने चलन छ । बकर–ईदलाई करिब चार हजार वर्षअघि हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका अगाडि प्रस्तुत गरेको कुर्वानी (बलिदानी)को सम्झनास्वरूप मनाइने पर्वका रुपमा लिइन्छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) को महामारीले सम्पूर्ण विश्वलाई आक्रान्त पारिरहेकाले बकर ईद (इदुल जोहा) पर्व सावधानीका साथ मनाउन सबै इस्लाम धर्मावलम्बीलाई आग्रह गरेकी छन् । बकर इदका अवसरमा शुभकामना सन्देश दिँदै उनले सबैको सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । सन्देशमा भनिएको छ, ‘बकर ईद पर्वले स्थिरता र दिगो शान्तिसहित सामाजिक, आर्थिक विकासका कार्य मार्फत ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा संकल्प पूरा गर्न मद्दत पुगोस् ।’ त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बकर ईद नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताएका छन् । इस्लाम धर्मावलम्बीको शुभकामना सन्देश दिँदै उनले मुलुकमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्नेसमेत शुभेच्छा व्यक्त गरेका हुन् ।

https://www.facebook.com/inaruwaonline/videos/988973271560820/?t=2





तपाईको प्रतिक्रिया

trusted online casino malaysia