इनरुवा नगरपालिकाको कार्यालयले करार सेवामा रहेका ५७ जना कर्मचारी कटौती गरेको छ । कार्यालयले सूचना जारी गर्दै साउन १ गतेबाट लागु हुने गरी सो संख्याका कर्मचारी कटौती हुने जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाको हस्ताक्षर रहेको सूचनामा कार्य सम्पादन स्तर मूल्यांकन तथा नयाँ अवधिको करार सम्झौता सम्बन्धि मापदण्ड २०७८ को आधारमा नवौं नगर सभाको निर्णय बमोजिम म्याद थप नहुने व्यहोरा उल्लेख छ ।म्याद थप नहुनेहरुमा कम्प्युटर अपरेटर देखि कुचिकार सम्म रहेका छन । सेवा अवधि थप नगरिएकाहरुमा कम्प्युटर अपरेटर विवेक पोखरेल, मिलन पौडेल, सव इन्जिनियर नविन चौधरी, अ.सव इन्जिनियर अम्जद मन्सुरी, अनमिहरु सृजना कुमारी चौधरी, फुलवती कुमारी शाह, रेणु कुमारी शाह, पुनम उराव, अहेव जिवन कुमार मेहता, प्रेमसागर पोखरेल, मुकेश मेहता, दीपा मेहता, रिता माझी, अमिन इन्द्र नारायण यादव, अमित ढकाल,दयानन्न साह, सहायक कम्प्युटर अपरेटर प्रल्हाद सिंह, दिलिप राजधामी, मनिसा खनाल, कमल परियार सविस पोखरेल, नवराज सिंह लगायत रहेका छन ।
नाम लिस्ट हेर्नुहोस ..


तपाईको प्रतिक्रिया

trusted online casino malaysia