काठमाडौं । आज सोनाम ल्होछार-२८५९ मनाइँदैछ ।तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरि मनाउन लागिएको हो ।पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरिएको छ ।महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उदघाटन गर्ने कार्यक्रम रहेको छ ।मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यसवर्षको पर्वमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गण्डकी प्रदेश र पूर्वी पहाडमा हिमपात हुने
काठमाडौँ। हाल देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, म...
अदालतले दोषी ठहर गरेका १०४ जना फरार
डोटी । डोटी जिल्ला साविकको भूमिराजमाण्डौं पञ्चायतका गंगा बलायरले एक व्यक्तिलाई कर्तव्य गरि ज्यान मारेको भन्दै उनीविरुद्ध...
मुख्यमन्त्री रावलले आज विश्वासको मत लिंदै
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने प्रदे...
बालकोट पुगे प्रचण्ड ओलीलाई भेट्न
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।ओलीको ब...
महानगरपालिकाको नगर प्रहरीले मैतीदेवी प्रहरी विटमा डोजर चलाए
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मैतीदेवीचोकस्थित प्रहरी विटमा डोजर चलाएको छ । मंगलबार मध्यान्ह पुगेको नग...
प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौं । : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्...