काठमाडौं । आज सोनाम ल्होछार-२८५९ मनाइँदैछ ।तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरि मनाउन लागिएको हो ।पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरिएको छ ।महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे उदघाटन गर्ने कार्यक्रम रहेको छ ।मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यसवर्षको पर्वमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia