नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका अभिनेता पूर्णविक्रम शाह उर्फ पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराबाट हिजो सफाइ पाएपछि शाह आज थुनामुक्त भएका हुन् । शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका छन् ।

जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरे पनि उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्ट्याइ दिएपछि पल शाहले सफाइ पाएका हुन् । पल शाह थुनामुक्त भएपछि तनहुँ जिल्ला कारागारको बाहिर ठूलो सङ्ख्यामा समर्थक र सर्वसाधरणको भिड लागेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia