मुम्वइ । बलिउड चर्चित अभिनेता एंव निर्देशक सतीश कौशिकको निधन भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार सतीशको ६७ वर्षको उमेरमा भएको हो ।

अभिनेता अनुपम खेरले बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै सो कुराको जानकारी दिएका हुन् । अनुपमले लेखेका छन्, ‘मृत्यु संसारको शाश्वत सत्य हो तर मैले आफ्नो प्रिय साथीबारे यसरी लेख्नुपर्ला भनेर सपनामा पनि सोचेको थिइनँ ।’

तर, उनको मृत्युको कारण भने खुलाइएको छैन् । सतीशको जन्म १३ अप्रिल १९६५ मा हरियाणामा भएको थियो । दिल्लीमा माध्यामिक शिक्षा पुरा गरेका सतीशले किरोरी माल कलेजबाट स्नातक गरेपछि नेशनल स्कूल अफ ड्रामा (एनएसडी) मा भर्ना भएका थिए ।

सन् १९८५ मा उनले शशि कौशिकसँग विवाह गरे । सतीशले सन् १९८३ मा बलिउडमा डेब्यू गरेका थिए । यसअघि उनले थिएटरमा काम गरेका थिए । उनी एक अभिनेता, हास्य कलाकार, पटकथा लेखक, निर्देशक र निर्माता थिए ।

सतीशलाई सन् १९८७ मा फिल्म मिस्टर इन्डियाबाट पहिचान मिलेको थियो । त्यसपछि उनले सन् १९९७ मा दिवाना–मस्तानामा पप्पु पेजरको भूमिका निभाएका थिए । सतीशले १९९० मा राम लखन र १९९७ मा साजन चले ससुरालका लागि सर्वश्रेष्ठ हास्य कलाकारको लागि फिल्मफेयर पुरस्कार प्राप्त गरे ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia