काठमाडौं । अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्माले आगामी एक फिल्ममा सहकार्य गर्ने खबर केही महिनाअघि नै बाहिरिएको थियो । त्यतिबेला रेखाले उक्त खबरलाई अस्वीकार गरेकी थिइन् । तर यतिबेला यी दुवै अभिनेत्रीले आगामी फिल्ममा सहकार्य गर्न लागेको खबरबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । आफ्नो फिल्म निर्माण कम्पनी रेखा फिल्म्सले उक्त फिल्म बनाउने रेखाले फेसबुकमा उल्लेख गरेकी छन् ।

‘रेखा फिल्म्सको आगामी फिल्म चाँडै आउँदैछ,’ उनले लेखेकी छन् । झिंगेदाउ फेम्ड निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने यो फिल्मको शीर्षमध्येको भूमिकामा पूजा अनुबन्धित भएकी हुन् । सोमबार पूजा र रेखाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । अनुबन्धित भएपछि पूजाले रेखाको अभिनयबाट प्रभावित भएर आफू पनि सोही क्षेत्रमा लागेको उल्लेख गर्दै सहकार्यबाट थप कुरा सिक्ने अपेक्षा गरेको जनाएकी छन् । निर्देशक देउजाको निर्देशनबाट समेत आफू प्रभावित भएको पूजाले उल्लेख गरेकी छन् । नामाकरण नगरिएको यो फिल्म आगामी वैशाखदेखि छायांकनमा जाने तयारी छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia