काठमाडौं । गायक समेत रहेका अभिनेता प्रकाश सपुतको डेब्यु फिल्म ‘परदेशी २’ को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । निर्देशक नारायण रायमाझीले नयाँ टिजर सार्वजनिक गर्दै कात्तिक ३ गतेलाई प्रदर्शन मिति तय गरेका हुन् । दशैं छेकोमा फिल्म रिलिज हुनेछ ।

यसअघिको दशैंमा आउने भनिएको फिल्म फागुनमा आउने भनिएको थियो तर दुवैपटक फिल्म पोस्टपोन्ड भयो । निर्माताले आगामी दशैंमा फिल्म रिलिज गर्ने भन्दै नयाँ दृश्यको छायांकन पनि गरिरहेका छन् । फिल्ममा सपुतसहित प्रशान्त तामाङ, दिलीप रायमाझी, केकी अधिकारी र वर्षा सिवाकोटीको शीर्ष भूमिका छ । उक्त मितिमा प्रतीक्षित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’ पनि आउँदैछ । अहिले छायांकन भइरहेको भष्मे डनमा विपिन कार्की, स्वस्तिमा खड्का र सौगात मल्लको शीर्ष भूमिका छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia