इनरुवा। सुनसरीको इनरुवा नगरपालिकामा आयुर्वेद अस्पातलको लागि जिल्ला प्रशासन कार्यालयको स्वामित्वमा रहेको जग्गा सहित पहल गरि दिन भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । स्थानीयहरुले नगरमा आयुर्वेद अस्पताल निर्माण गर्न माग गर्दै जिल्ला प्रशासान कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो । इनरुवा नगरपालिकामा पहिलो चरणमा आयुर्वेद अस्पताल निर्माण दबाव समितिका संयोजक भजनलाल मेहता नेतृत्व टोलीले ध्यानाक्रर्षण गराउनुभएको चार दिनपछि प्रजिअलाई ज्ञापन पत्र बुझाएको हो ।
समितिले जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसंग समेत पहलका लागि आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयको नाममा ५४० कित्ता नम्बर भएको ६ कट्ठा जग्गामा आयुर्वेद अस्पातलको लागि जमिनको स्वामित्व दिन अनुरोध सहित जिल्ला प्रशासन कार्यालयसंग आग्रह गरिएको छ ।
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि डीपीआर निर्माण कार्य गर्न बजेट समेत विनियोजन गरेकोमा आफ्नै जग्गा नहुदाँ कार्य अलपत्र परेकाले स्थानीयहरुले पहल थालेका छन् ।
पहल स्वरुप इनरुवा नगरपालिका २ नम्बर वडामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र एवम् पाँच शैयाको अस्पताल सहितको कार्यालय बनाउन माग गर्दै स्थानीयहरुले जिल्ला प्रशासन कार्यालयको ध्यानाक्रर्षण गराएको छ ।
इनरुवा २ मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र अस्पताल सहितको कार्यालय बनाउन आयुर्वेद अस्पताल निर्माण दबाव समितिका संयोजक भजनलाल मेहता नेतृत्व टोलीले ध्यानाक्रर्षण गराउनुभएको थियो ।
यसैबीच जसरी पनि इनरुवा नगरपालिका क्षेत्रमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तथा अस्पताल बनाउन दबाव दिन भजनलाल मेहताको नेतृत्वमा दबाव समिति गठन गरेको छ । अस्पताल बनाउन तथा निर्माण गर्न डिपिआरको काम अगाडि बढाउन भन्दै मेहताको संयोजकत्वमा २१ सदस्य दबाव समिति गठन गरेको हो। इनरुवाका स्थानीयहरुको भेलाले बनाएको दबाव समितिको सहसंयोजकमा राजाराम पंडित, सचिवमा वीरेन्द्र साह र सदस्यहरुमा रहिम साँ, कैलास राय, सम्भु पंडित, भुपेन्द्र यादव, प्रकाश मेहता, सियाराम यादव, रामदेव मंडल, अप्पु यादव, महेन्द्र साह, रन्जेश भट्टराई, जोगेन्द्र शर्मा, सन्तोश पंडित, रंजित पोदार, रविन्द्र यादव रहेको छ । त्यसैगरी अन्य सदस्यहरुमा सम्भु ठाकुर, जयकृष्ण यादव, उपेन्द्र साह, दिलिपचन्द साहु, विष्णु शर्मा, राजेन्द्र पंडित, जितेन्द्र यादव, रामकिसुन साह सहितका रहनुभएको छ । समितिले यो आर्थिक वर्षमा आयुर्वेद अस्पातल निर्माण पहल गर्ने संयोजक मेहताले बताउनुभयो ।








