भक्तपुर । भक्तपुरमा हरेक नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिकविधि अनुसार मनाइने बिस्काः अर्थात् बिस्केट जात्राको क्रममा आज (शुक्रबार) लिङ्गो ढालिँदैछ । चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवम् पूजा गरी बेलुका लिङ्गो ढाल्ने परम्परा छ ।भेलुखेलमा जात्रा हेर्न भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रे लगायतका क्षेत्रबाट दर्शनार्थीको आज बिहानैदेखि भिड लागेको छ । चैत मसान्तको दिन बेलुकी गःहिटीमा रहेको भैरवलाई विशेष पूजा गरेर गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हातलामो इन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ ।

आज यो जात्रा हेरेमा मनोकाङ्क्षा पूरा हुने, शत्रु नाश हुने जनविश्वास रहेको छ । लिच्छविकालदेखि बिस्काः जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्दछन् । परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध यो जात्रा बिस्केट अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ ।त्यस्तै, भक्तपुरको कुम्हा टोलमा हिजो दिउँसो हात नभएको लिङ्गो ठड्याएको छ । भेलुखेलमा ठड्याएको लिङ्गो आज ढालिन्छ भने हात नभएको लिङ्गो आउँदो वैशाख ५ गते ढालेपछि यस वर्षको भक्तपुरको बिस्काः जात्रा सकिनेछ । त्यस्तै, काठमाडौँको टोखा साँखुमा पनि बिस्काः जात्रा चलिरहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia