इनरुवा। सुनसरीको इनरुवा नगरपालिकाको न्यायीक समिति र मेलमिलापकर्ता सहितको टोलीले कोशी प्रदेशका विभिन्न जिल्लाका नगरपालिकाको न्यायीक समितिको अध्ययन अवलोकन गरेको छ । छोटो समयमा न्यायीक समिति र मेलमिलापकर्ता सहितको टोलीले झापाको दमक नगरपालिका, इलामको सूर्योलय नगरपालिकासम्म पुगेर अध्ययन अवलोकन गर्दै फर्केको हो ।

इनरुवा नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक विनित कुमारी मेहताको नेतृत्वमा अध्ययन अवलोकन गर्न हिडेको टोलीले तीन जिल्लाका ४ नगरपालिका र गाउँपालिकासगँ न्यायीक समिति र नागरिक समाजसंग अन्तरक्रिया गरेको थियो ।झापा जिल्लाको दमक नगरपालिकासगँ अन्तर नगरपालिकाको न्यायीक सम्पादनमा के कसरी गरेको, सम्पादनको तौर तरिका, के कस्ता समस्या र समाधानका साथै न्याय सम्पादनका लागि अपनाईएका टिप्स र बिषयहरुलाई प्रथामिकताका साथ छलफल गरिएको थियो । न्याय सम्पादन मात्रै नभएर नगरको बजेट, राजस्व, फोहोरमैला व्यवस्थापन, विकास निर्माणको अवस्था, जनप्रतिनिधि र कर्मचारीको सम्वन्धका साथै जनप्रतिनिधि र नागरिक विचको सम्वन्धका बारेमा छलफल गरिएको भ्रमण टोलीका संयोजक तथा उपप्रमुख मेहताले बताउनुभयो ।
अन्तर नगरपालिका भ्रमण गर्नु आवश्यक रहेको महशुष गरेर आफूहरुको विचको सम्वन्ध र कार्ययोजनामा टेवा पुग्ने सिकाई भएको बताउनुभयो ।अन्तरक्रिया गरिएका नगरपालिकाको भौगोलिक अवस्था देखि नगारिकका अवश्यकता लगभग मिल्दोजुल्दो रहेको पाइएको महेताको भनाई छ । स्थानीयतहमा विषयगत शाखाहरुबाट हुने सेवा प्रवाहका बिषयमा केही नयाँपन पाएको र आफूहरुले गरेको नयाँपन पनि सो नगरपालिकाले पाएको महशुस भएको उपप्रमुख मेहताले बताउनुभयो । इनरुवाको इतिहासमै पहिलो पटक धेरै महिला मेलमिलापकर्ताहरु उत्पादन गरेको र महिलासगैं पुरुष मेलमिलापकर्ता सहित न्यायी समितिका सदस्यहरुले कार्य सम्पादन गर्ने क्रममा सिकेका, भोगेका सिकाईलाई अन्य नगरपालिकासंग समेत समन्वय र साक्षतकार गाराएको बताउनुभयो ।
भ्रमण टोलीले पहिलो दमक नगरपालिका र सूर्योदय नगरपालिकामा अन्तरक्रिया गरेको थियो । अधिकांश नगरपालिकामा घरायसी विवाद, पारिबारिक र जग्गा सम्वन्धी विवाद न्यायीक समितिमा आउने गरेको पाइएको इनरुवा नगरपालिका न्यायीक समितिका सदस्य मिरा गुरागाईले बताउनुभयो । अन्तर नगरपालिका सिकाईको अनुभव लिनु आवश्यक रहेकाले यस्तो भ्रमणलाई समितिले निरन्तरता दिनु आवश्यक देखिएको बताउनुभयो ।
न्याय जस्तो संवेदनशिल बिषयमा अन्य नगरपालिकाले गरेका गतिविधि आदनप्रदान हुनुपर्ने र सिकाई आदानप्रदान गर्नुपर्ने भएकाले भ्रमण गरिएको जानएको छ । संघियतामा मुलुक गएसगै निर्वाचन पछि हरेक स्थानीयतहमा न्यायीक समिति बनाउने संविधान अनुसार अहिले कुनै समस्या भए नगरपालिकाको न्यायीक समितिमा उजुरी दिने व्यवस्था गरिएको छ ।भ्रमण टोलीले दमक नगरपालिकाका कानुनी सल्लाहकार, सदस्य र कर्मचारीहरु न्यायीक समितिसगँ छलफल तथा अन्तरक्रिया गरेको थियो ।
नगरपालिकालाई अब्वल बनाउन जनप्रतिनिधिहरुले कर्मचारीसगँ समन्वय गरेर काम गरेको देखिएको इनरुवा नगरपालिकाका न्यायीक कर्मचारी रचना प्याकुरेलले बताउनुभयो । कर्मचारी र जनप्रतिनिधि विच समन्वय भएर काम गर्न सकिएको खण्डमा नगरपालिकालाई हरेक गतिविधिमा अगाडि बढाउन सकिने बुझाई भ्रमणबाट पाएको प्याकुरेले बताउनुभयो ।नगरपालिकाले गर्ने तौतरिका र विकास निर्माणलाई कुन विधि अपनाइएको छ भन्ने बिषय नै बुझाई रहेको मेलमिलापकर्ताहरुले बताएका छन ।
न्यायीक समितिका सदस्यहरु र मेलमिलापकर्ताहरुले अध्ययन अवलोकनमा रहेका नगरपालिकामा हरेक वडामा मेलमिलाप समिति गठनसगै इनरुवा नगरपालिकासगँ मिल्दोजुल्दो रहेको देखिएको बताएका छन् । यो अध्ययन अवलोकनबाट सिकेको सिकाईलाई इनरुवा नगरपालिकाले अनुसरण गर्नुपर्ने धेरै विषय रहेका छन् ।इनरुवा ९ को मेलमिलाप केन्द्र संयोजक तथा मेलमिलापकर्ता जयकृष्ण यादवले न्यायीक समिति र मेलमिलापकर्ता सहितको टोलीलाई एकसाथ अन्य जिल्लाका नगरपालिकाको न्यायीक समितिको अध्ययन अवलोकन गराउनु नै ठूलो कुरा भएको बताउनुभयो । यादवले हुदै नभएको भन्दा सिकाई आदानप्रदान गर्ने माध्यमको रुपमा न्यायीक समितिको अध्ययन अवलोकन भ्रमण रहेको प्रतिकृया दिनुभयो ।इनरुवा ३ का मेलमिलापकर्ता सिरता घिमिरे कार्कीले न्यायीक समितिले गरेको काम कार्वाही र अन्य नगरपालिकामा भईरहेको कामका बारेमा र तौरतरिकाका बारेमा मेलमिलापकर्तालाई जान्ने बुझ्ने मौका प्रदान गरेको प्रतिकृया दिनुभयो ।










