बलिउड अभिनेता रणवीर कपूरले आलिया भट्टलाई अत्यन्तै महँगो उपहार दिएको खुल्न आएको छ । उनले पहिलो वैवाहिक वर्षगाँठको अवसरमा लण्डनबाट आलियालाई सनेल ब्रान्डको ब्याग ल्याइदिएका हुन्। जसको मूल्य १२ हजार २५० डलर अर्थात (१६ लाख नेपाली रुपैयाँ) बताइएको छ।अभिनेता रणवीर आफ्नो आगामी फिल्म ‘एनिमल’ को छायांकनका लागि लण्डन पुगेका थिए। उनी आफ्नो विवाह उत्सव मनाउन मुम्बई आएका हुन्।लण्डनबाट आउँदा उनको हातमा सनेल ब्यान्डको ब्याग देखिएको थियो। त्यही ब्याग आलियाले एनिभर्सरीको दिन बोकेकी थिइन्। उनीहरूले गतवर्ष १४ अप्रिलमा विवाह गरेका थिए। गत ६ नोभेम्बरमा आलियाले छोरी राहालाई जन्म दिएकी थिइन्।

आलिया र रणवीर फिल्म ‘बह्मास्त्र’ मा एकसाथ देखिएका थिए। यो फिल्मले बक्स अफिसमा औसत व्यापार गरेको थियो।केही समयअघि आलियाले आफ्नो पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’ को छायांकन सकाएकी छन्। उनी करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ र कट्रीना कैफ र प्रियंका चोपडासँग ‘जिले जरा’ मा देखिनेछिन्।रणवीर पछिल्लो समय ‘तु झूठी मैं मक्कार’ मा श्रद्धा कपूरसँग देखिएका थिए। फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। उनी अब रश्मिका मन्दानासँग फिल्म ‘एनिमल’ मा देखिनेछन्।










