धरान । फिल्म प्रचारका लागि कलाकारहरुले अनेक फण्डा गर्ने गरेका छन्।यही वैशाख २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को प्रचारमा पनि कलाकारले कुनै कसर बाँकी राखेका छैनन्।रेनशा राई राणाले निर्देशन गरेको यो फिल्मको प्रचारका लागि फिल्मका कलाकार केहि समय अघि सुनसरीकाे धरान पुगेका थिए ।फिल्मको प्रचारमा हिँडेका कलाकार धिरज मगर र जसिता गुरुङले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङसँग भेटघाट  गरी मेयर साम्पाङले चलाएको अभियानमा सहभागी समेत बन्ने माैका पाए ।  कलाकारद्वय धिरज र जसिताले खानेपानीको पाइप तान्न सहयोग समेत गरेका छन्।

मेयर साम्पाङको कोका खोलाको पानी धरानबासीलाई खुवाउने अभियानमा फिल्मका कलाकारले श्रमदान गरेका हुन्। यो श्रमदान मात्रै नभएर फिल्मको प्रचार काइदा पनि हो।  धिरज र जसिताको श्रमदानपछि मेयर साम्पाङले सबै काम छोडेर फिल्म हेर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia