काठमाडौँ । नाबालिग गायिका बलात्कार अभियोगमा तनहुँ कारागारमा एक वर्ष सजाय भोगेर रिहा भएका पल शाहले नयाँ म्युजिक भिडिओ ल्याएका छन्।पल शाह अफिसियल युट्युब च्यालनबाट रिलिज गरिएको ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ भिडिओमा उनले जेल जीवनका क्रममा भएका घटना उतारेका छन्। उनले यो म्युजिक भिडिओ कैदीबन्दीहरुलाई समर्पित गरेर ल्याएको बताएका छन्।मूख्य पात्र आफैं रहेका उनले म्युजिक भिडिओमा तनहुँ कारागारमा कैदी रहँदाको समयदेखि रिहा भएको बेलासम्मको दृश्य समेटेका छन्। यो भिडिओ पल आफैंले निर्देशन गरेका हुन्। पल नाबालिग गायिका बलात्कार प्रकरणमा उच्च अदालतको पोखराको आदेशपछि गत फागुन १५ गते तनहुँ कारागरबाट रिहा भएका थिए।

यो म्युजिक भिडिओको गीतमा अनु चौधरीले स्वर दिएकी छन्। यसमा पुष्प प्रधानको लेखन र संगीत छ। एरेन्जरको भूमिका योगेश काजीले निर्वाह गरेका छन्। यो भिडिओमा पलले आमाको भूमिकामा सूर्यमाला खनाललाई खेलाएका छन्। बुवाका रुपम प्रकाश अधिकारी, बहिनीको रुपमा प्रिन्सु तिवारी र प्रेमिकाका रुपमा सुनिसा भट्टराईले अभिनय गरेका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia