बितेको १ वर्ष नेपाली फिल्म उद्योग नायिका मिरुना मगरका लागि उर्बर रह्यो। उनले अभिनय गरेका फिल्म बक्स अफिसमा हिट भए।कला यात्राको सुरुवाती चरणमा असफलता बेहोरेकी मिरुनालाई फिल्म ‘कबड्डी ४’ले उद्योगमा सफलताको स्वाद चखायो।फिल्म रिलिजताका मिरुना विवादमा पनि आइन्। तर यो फिल्मको सफलताले मिरुनालाई उद्योगकी ‘डिमाण्डेड’ नायिका बनायो।फिल्मले बक्स अफिसमा  २२ करोड माथिको ग्रस कलेक्सन गर्‍यो। फिल्मको सफलताका कारण निर्माता निर्देशकको रोजाइमा मिरुना परिन्। फिल्ममा मिरुना र दयाहाङ राईले स्क्रिन शेयर गरेका थिए। यो वर्षको सुरुवातमा रिलिज भएको फिल्म ‘जारी’ले बक्स अफिसमा तहल्का पिट्यो। फिल्मको शीर्ष भूमिकामा देखिएकी मिरुनाले दर्शकका मन जितिन्। यो फिल्ममा पनि मिरुना र दयाले स्क्रिन शेयर गरेका थिए।

‘जारी’ फिल्म उद्योगमा ब्लकबस्टर भयो। यो फिल्मको सफलताले पनि मिरुनाको माग झन् धेरै बढायो। मिरुना र दयाले नै स्क्रिन शेयर गरेको फिल्म ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आउने तयारीमा छ। आउँदो भदौ २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia