एजेन्सी । बलिउडका भेट्रान कलाकार आशीष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो बिहे गरेका छन्।उनले असमको राजधानी गुवाहाटी निवासी फेसन डिजाइनर तथा व्यापारी रुपाली बरुआसँग दोस्रो बिहे गरेका हुन्। कलाकार शकुन्तला बरुआकी छोरी राजोशी बरुआ आशीष विद्यार्थीकी पहिली पत्नी थिइन्।आशीषले अदालत पुगेर आफ्ना केही साथी र नातेदारसहित रूपालीसँग बिहे गरेका हुन्।यसक्रममा रुपाली असमको मौलिक सेतो र सुनौलो मेखला पोशाकमा देखिइन्। अर्कातिर आशीषले केरलको परम्परालाई ध्यान दिँदै त्यहाँको मौलिक पोशाक लगाएका थिए।टाइम्स अफ इन्डियाका अनुसार आशीषले ६० को उमेरमा रुपालीसँगबिहे गर्न पाउँदा खुसी रहेको बताएका छन्। उनले अदालतमा पुगेर बिहे गरेको जानकारी दिँदै बिहीबारै साँझ आफन्त र साथीहरुका लागि गेट टुगेदर कार्यक्रम राखेका थिए।

उता रुपालीले केही दिनअघि नै मिलेको बताउँदै यस सम्बन्धका लागि आफूहरु विश्वस्त रहेको पनि बताइन्। आफूहरुको सम्बन्धलाई अझै अघि बढाउनका लागि बिहेको निर्णय गरेको उनले सुनाइन्। आशीष विद्यार्थी बलिउड फिल्ममा भिलेको भूमिकाका लागि प्रख्यात छन्। सन् १९८६ देखि आशीष लगातार फिल्ममा काम गरिरहेका छन्। हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम जस्ता ११ भाषामा आशीषले अहिलेसम्म करिब ३०० फिल्ममा काम गरेका छन्।यिनका सबैभन्दा चर्चित फिल्ममा १९४२ अ लभ स्टोरी, रात की सुबह नहीं, सरदार, भाइ, जानवर, जीत, हैदर, गुडबाय रहेका छन्।उनले सन् १९९५ मा फिल्म द्रोहकालका लागि उत्कृष्ट सहायक कलाकारतर्फ नेशनल अवार्ड पनि जितेका थिए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia