काठमाडाैं । गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको आवाजमा ‘चल्यो चल्यो बतास’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गरिएको गीतको म्युजिक भिडिओ पनि सार्वजनिक भएको छ। भिडिओमा रमेश विश्वकर्मा, आयुष्मा कार्की, दिया जिसी, दीपेन्द्र खत्री तथा टिकटकबाट चर्चित बनेका बालकलाकार आरुषी ढकाल र रोनिश खड्काले अभिनय गरेका छन्।

रोनिश एन्ड ड्याड प्रोडक्सनको ब्यानरमा निर्माण भएको गीतमा गोविन्द कुइँकेलको शब्द डी.बि. लामाको संगीत, पुस्कर सुनुवारको एरेन्ज, दीपेश प्रधानको मास्टरिङ मिक्सिङ छ।चक्रबहादुर रिजालले खिचेको गीतको भिडिओलाई शिलन लम्सालले सम्पादन गरेका हुन्। भिडिओ निर्देशन सियोन श्रेष्ठले गरेका हुन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia