एजेन्सी । फिल्ममा देखाइएको रामायणको कथा र संवादको स्तरसँग छेडछाड गरेर दर्शकको भावनामा चोट पुर्याएको भन्दै हिन्दू सेनाले ‘आदिपुरुष’विरुद्ध दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ । यस याचिकामा हिन्दू सेनाले आदिपुरुष’ को सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गरेको छ ।हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताका अनुसार ‘आदिपुरुष’विरुद्ध दायर गरिएको रिट निवेदनमा भनिएको छ कि यो भारतीय संविधानको धारा २२६ अन्तर्गत जनहित याचिका हो । जस अनुसार धार्मिक नेता, पात्र रव्यक्तिलाई गलत देखाउन पाइने छैन् भने त्यसैले सो फिल्मका आपत्तिजनक दृश्य तत्काल हटाउनु पर्नेछ र फिल्मलाई सार्वजनिक प्रदर्शनमा रोक लगाउनु पर्नेछ ।निवेदनमा ‘आदिपुरुष’ लाई फिल्ममा धर्मगुरु, पात्र र व्यक्तित्वलाई गलत ढंगले प्रस्तुत गरी हिन्दू समुदायको भावनामा चोट पुर्याएको आरोप लगाइएको छ । महर्षि वाल्मीकि जस्ता लेखकले लेखेको रामायणमा हिन्दू धर्मका पात्रहरूलाई जसरी भनिएको छ, त्यसैगरी फिल्ममा नदेखाई गलत रुपमा ब्याख्यासमेत गरी नयाँ नयाँ अविश्वनिय दृश्य देखाइएको छ । रामलाई जिसस जस्तो देखाईएको, सुनको दरबारमा बस्ने रावणलाई अजिंगरको घेरामा बसेको देखाइएको मात्रै नभई राम, सीता, लक्ष्मण, रावणका संबाद पनि कतिपय ठाउँमा रयापरको जस्तो भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अक्षयकुमारको राउडी राठौंरः२ नबन्ने, त्यही स्क्रिप्टमा नयाँ फिल्म बन्ने
मुम्बई । अक्षय कुमार लामो समयदेखि आफ्ना पुराना हिट फिल्महरूको सिक्वेल र अन्य भागहरूमा काम गरिरहेका छन्। यसै बिचमा उनको ‘...
‘राजागंज’ सेन्सरबाट पास, चैत १ गतेबाट प्रदर्शन हुने
काठमाडौँ । आगामी चैत १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘राजागंज’ अन्ततः सेन्सर पास भएको छ । सोमबार सेन्सर बोर्डले ...
काजोलको हरर फिल्म ‘मां’ को पोस्टर सार्वजनिक
बलिउड अभिनेत्री काजोलको हरर फिल्म’मां’को पोस्टर सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरिएको पोस्टरमा उनी आफ्नो...
शाहरूख खान स्टार होइनन्, भावना हुन्: करण जोहर
शाहरुख खान र करण जोहरको सहकार्य निर्देशक– निर्माताको डेब्यू फिल्म ‘कुछ कुछ होता है’ बाट सुरु भएको थियो। फिल्मले भारतमा म...
महाकुम्भमा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने
भारतको प्रयागराज महाकुम्भ मेलामा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने भएकी छिन्। मौलापुरमा फाल्गुन ११ गतेदेखि हुन...
नेपालभर ‘एक्टर: टेक वन’ को प्रदर्शन स्थगित
आइतबारदेखि नेपालभर फिल्म ‘एक्टर: टेक वन’ को प्रदर्शन स्थगित गरिएको छ। फिल्मका निर्माताले एक वक्तव्य जारी गर्...








