एजेन्सी । दिल्ली उच्च अदालतले भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रतिबन्ध लगाउन माग गरिएको याचिकामा तत्काल सुनुवाइ गर्न अस्वीकार गरेको छ।अदालतले सुनुवाइ जुन ३० मा हुने जनाएको छ। यो याचिका हिन्दू सेना संगठनका अध्यक्ष विष्णु गुप्ताले दायर गरेका हुन्।

निवेदनमा चलचित्रले हिन्दू समुदायको भावनामा चोट पुर्‍याइएको दाबी गरिएको छ।न्यायधिश तारा वितस्ता गञ्जुले निवेदकलाई सोधिन्– जब चलचित्र रिलिज भइसकेको छ भने किन प्रतिबन्धको माग गर्दै हुनुहुन्छ?निवेदकले निर्देशक र निर्माताले ट्रेलर र टिजर रिलिजपछि विवादित भाग हटाउने वाचा गरेको तर त्यो पूरा नभएको उल्लेख गरेका छन्।

हिन्दू सेनाले विवादित दृश्य हटाउन फिल्म निर्मातालाई निर्देशन दिन पनि अदालतसँग माग गरेको छ।यही जुन १६ मा रिलिज भएदेखि नै चलचित्र आदिपुरुष विवादमा परिरहेको छ।

केही हिन्दू संगठनले फिल्ममा भगवान हनुमानको संवादलगायत कैयौँ दृश्यमा प्रश्न उठाएका छन् र टपोरीजस्तो भाषामा धार्मिक पात्रहरूलाई बोलाइएको बताएका छन्। तर, विवाद चर्किएपछि चलचित्रका संवादहरू लेख्ने मनोज मुन्तासिरले जनताको असन्तुष्टिलाई ध्यानमा राख्दै केही संवाद परिवर्तन गर्ने निर्णय गरेको बताएका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia