एजेन्सी । ओम राउत निर्देशित दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ रिलिज भएदेखि नै विवादमा परेको छ।फिल्मका धेरै दृश्य र संवादलाई लिएर दर्शकहरूले आपत्ति जनाएका छन्। चलचित्रलाई नेपालमा काठमाडौं, पोखरा र धरानमा प्रतिबन्ध लगाइएको थियो। त्यसपछि नेपाल विक्रेताले देशभर प्रदर्शन रोकेका छन्। भारतमा पनि धेरै राज्यमा पनि प्रतिबन्ध लगाउन माग भइरहेको छ।हालै आदिपुरुष हेरेपछि रामानन्द सागरको टेलिशृंखला रामायणमा लक्ष्मणको भूमिका निभाएका सुनिल लोहरी पनि आक्रोशित भएका छन्। आदिपुरुष हेरेपछि चरम निराशा व्यक्त गर्दै निकै जल्जास्पद बताएका छन्। एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले फिल्म हेर्दा आफूलाई फिल्मको पर्दा च्यादिन मन लागेको बताएका छन्।उनले भनेका छन्, ‘यो किन बनाएको? किन बनाएको? मलाई फिल्म हेर्दा लाग्यो म किन हेर्न आएँ? पर्दा च्यात्दिऊँ जस्तो भयो।’

सुनिल लोहरी उनले सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्, ‘रामायणलाई ध्यानमा राखेर फिल्म ‘आदिपुरुष’ बनाइएको भनिएको छ, यदि यो सत्य हो भने यस्तो भाषाको प्रयोग निकै लाजमर्दो छ।’ उनले संस्कृतिसँग खेलबाड नगर्न सुझाव दिँदै आक्रोशित हुँदै भनेका छन्, ‘संवाद पनि बेकार छ। के तपाईं कल्पना गर्नसक्नुहुन्छ कि हनुमानजी तेल तेरो बाउको, कपडा तेरो बाउको, बआगो तेरो बाउको भन्छन्?’आदिपुरुष निर्माण टिमले देशवासी र दर्शकको भावनासँग खेलेको बताउँदै उनले निर्माण टिमलाई लज्जावोध गर्न भनेका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia