काठमाडाैं । जिल्ला अदालत काठमाडौंले अभिनेता भुवन केसीले दायर गरेको मुद्दामा दाबी नपुग्ने ठहर गरेको छ। तीन वर्षअघि अभिनेता केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतीको मुद्दा दायर गरेका थिए।बुधबार जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको इजलासले साम्राज्ञीको पक्षमा फैसला गरेको हो। केसीले गरेको दाबी नपुग्ने फैसला भएसँगै उनले मुद्दा हारेका छन्।

फैसलापछि साम्राज्ञीले यसक्रममा आफूलाई सहयोग गर्ने सबैलाई इन्स्टाग्राममार्फत धन्यवाद दिएकी छन्।भुवन केसीले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप साम्राज्ञीले लगाएपछि भुवन केसीले उनीविरूद्ध १० करोड क्षतिपूर्ति माग गर्दै गाली–बेइज्जती मुद्दा हालेका थिए। सुटिङका क्रममा केसीले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप साम्राज्ञीले लगाएकी थिइन्। सामाजिक सञ्जालमा साम्राज्ञीले उल्लेख गरेपछि केसीले अदालतमा मुद्दा हालेका थिए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia