इटहरी । नेपाल टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारण भइरहेको चर्चित कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ केही समयका लागि बन्द भएको छ। शोका निर्देशक तथा होस्ट विशाल भण्डारीका अनुसार शो ४ महिनाको लागि बन्द गरिएको हो।’लगातार शो चलाइरहँदा क्रियटिभ कुरामा कमी आउँछ। त्योभन्दा केही महिना शो बन्द गरेर केही नयाँ प्रस्तुति लिएर आऊ भन्ने हाम्रो योजना हो। यो अवधिमा हामी कमेडी च्याम्पियन सिजन ३ लिएर आउँछौं,’ उनले भने।

‘कमेडी क्लब विथ च्याम्पियन्स’ को पहिलो सिजनमा ६९ एपिसोड प्रसारण भएको थियो। विक्की अग्रवालले निर्देशन गरेको शोमा सुमन कार्की, कैलाश कार्की, पवन भट्टराई, उषा रजक, उमेश राई, साजन श्रेष्ठ, विक्की अग्रवाल, मेक्सम गौडेलले प्रस्तुति दिँदै आएका थिए।एड्भटाइजिङ र थर्ड आई प्रोडक्सनसँग मिलेर निर्माण गरिएको शो अध्यक्षमा दीपाश्री निरौला थिइन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia