कमेडियन विक्की अग्रवालको कमेडी शो ‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजन प्रसारण हुने भएको छ। आगामी शनिबार प्रसारण सुरु हुने कार्यक्रमको दोस्रो सिजनको प्रोमो सार्वजनिक गरिएको छ। दोस्रो सिजनको पहिलो अतिथिका रुपमा केशव स्थापित देखिने छन्। स्थापितसँगको प्रोमो सार्वजनिक गर्दै विक्कीले दोस्रो सिजन प्रसारणको जानकारी दिएका हुन्।

यो शो हरेक शनिबार राति ८:४५ बजे नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण हुनेछ। शो को नयाँ सिजनले दर्शकलाई थप मनोरञ्जन प्रदान गर्ने शोकी निर्देशक श्रद्धा प्रसाईंले बताएकी छन्। भन्छिन्, ‘हामीले यसपटक पहिलो सिजनको तुलनामा बढी मिहेनत गरिरहेका छौं। परिवर्तनको कुरा गर्दा कमेडियन प्रनेश गौतम भित्रिएका छन्।’

शोको पाँच भाग छायांकन भइसकेको छ। शोमा विक्की अग्रवाल होस्टका रूपमा छन् भने विना त्रिपाठी डिजे मायाको भूमिकामा देखिनेछिन्।यस्तै दोस्रो सिजनका लागि रिपोर्टर पिंकुको भूमिकामा प्रनेश गौतम भित्रिएका हुन्। शुसान्त बस्याल र विकास अर्यालको लेखन रहेको शोको स्टाइलिस सुदेशना महर्जन हुन्। शोको प्रोडक्सन म्यानेजरको काम तुसार लम्सालले गरेका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia