एजेन्सी । बलिउड अभिनेता सन्नी देओलको मुम्बईस्थित जुहू बंगलाको लिलामी गर्ने सूचना सम्बन्धित बैंकले फिर्ता लिएको छ। सोमबार बैंक अफ बडोदाले एक अखबारमा विज्ञप्ति प्रकाशन गरी लिलामीको सूचना फिर्ता लिइएको जानकारी दिएको हो।यसअघि बैंकले ५६ करोड ऋण ई-अक्सनमार्फत असुली गर्न सूचना जारी गरेको थियो। यो लिलामी अगस्ट २५ मा हुने बताइएको थियो।

बैंकले पञ्जाबको गुरदासपुरका सांसद सन्नी देओलले डिसेम्बर २०२२ देखि बैंक अफ बडोदाको ५५.९९ करोड रुपैयाँको ऋण तिर्न नसकेकाले यो सम्पत्ति ई-लिलामी गरिने बताएको थियो।बैंकले आफ्नो नयाँ विज्ञप्तिमा ‘अजय सिंह देवल उर्फ ​​सन्नी देओल’को सम्पत्तिको ई-अक्सनको सूचना प्राविधिक कारणले फिर्ता लिइएको जनाएको छ।५९९.४४ स्क्वायर मिटर सम्पत्तिको व्यक्तिगत ग्यारेन्टर सन्नी देओलका पिता धर्मेन्द्र हुन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia