इटहरी । सुनसरीको इटहरी १२ खनार स्थित शारदा माध्यमिक विद्यालयले ५९ औ राष्ट्रिय बालदिवशकाे अवसर पारेर विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । विद्यालयले विद्यार्थीहरू भित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्य सहित ‘प्रतिभा प्रदर्शन’ कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यालयका सहायक प्रधानाध्यापक मातृका प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकल तथा सामूहिक नृत्य , गायन प्रतियोगिता ,क्यारिकेचर, कविता वाचन लगायतका प्रतिभाहरू प्रस्तुत गरिएको थियो । उक्त प्रतियोगिताबाट प्रथम , दोस्रो , तेस्रो र सान्त्वना हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक पीताम्बर सिंह राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बाल क्लबका प्रतिनिधि तथा शिक्षकहरूले शुभकामना मन्तव्य राखेका थिए । बिद्यार्थीहरूकाे भव्य र उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम सञ्चालक शिक्षक मोहन कुमार गौतमले बताए ।