trusted online casino malaysia
trusted online casino malaysia

काठमाडाैं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ प्रदर्शनको तयारीमा छ। फिल्मका निर्माता, निर्देशक तथा कलाकार प्रचारका लागि देश दौडाहामा छन्।गायक प्रकाश सपुत यही फिल्मबाट नायकका रुपमा देखिँदैछन्। असोज २६ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको प्रचारमा उनको दौडधूप बाक्लै छ।

केकी अधिकारी पनि मौलिक फिल्ममा अभिनय गर्न पाउँदा खुशी रहेको भन्दै प्रचारमा दौडिरहेकी छिन्। तर, यो फिल्ममा अभिनय गरेकी अर्की अभिनेत्री वर्षा शिवाकोटी भने प्रचारमा देखिएकी छैनन्।फिल्ममा वर्षाको महत्वपूर्ण भूमिकामा रहेको बताइएको छ। तर फिल्मको सेन्सरमा देखिएकी वर्षा फिल्म प्रचारमा कतै देखिएकी छैनन्।

फिल्म प्रचारका लागि निर्माण टिम मोफसल यात्रामा छ। केकी र प्रकाशले फिल्म प्रचारमा प्रयाप्त समय दिएका छन्।तर फिल्मका निर्माता राजेश वंशलसँग फिलम सेन्सरमा पुगेर फोटो खिचाएकी वर्षा मोफसल यात्रामा देखिएकी छैनन्। वर्षकै प्रतिक्षित फिल्म ‘परदेशी २’लाई सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको छ। यो फिल्म हेर्न १६ वर्षमुनिका बालबालिकाले आमा–बुबासहित हल जानुपर्छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia