काठमाडाैं। अभिनेत्री उषा रजकले नायक राजेश हमालसँग माफी मागेकी छन्। हमालविरुद्ध रजकले दिएको एक अभिव्यक्तिको चर्को आलोचना भएपछि उनले हमालसँग माफी मागेकी हुन्।उषाले कमेडी शो ‘आम्मा कसम यहाँ दुख्छ’मा पुगेर राजेश हमाललाई ‘ओभररेटेड एक्टर’ भनेर टिप्पणी गरेकी थिइन्।

उनले बोलेको उक्त वाक्यांशको भिडिओ क्लिप्स सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।उनले हमालको अभिनय पनि खासै नभएको र नृत्य पनि सबैलाई थाहा भएको भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनै उषाले अन्ततः सामाजिक सञ्जालमा स्टाटस लेख्दै हमालसँग माफी मागेकी हुन्।

उनले लेखेकी छन्,‘मैले गरेका टिप्पणीहरू कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीहरूलई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन। उहाँको बौद्धिकताबाट प्रेरित मैले हाम्रा महानायकको बारेमा, उहाँको महान कार्य र योगदानहरूको बारेमा पनि धेरै राम्रा कुराहरू भनेकी थिएँ। तर, मेरै दुर्भाग्यवश ती अभिव्यक्तिहरू डिजिटल तारहरूबीच कहीँ कतै हराए।’

उनले आफूले मनदेखि माफी मागेको उल्लेख गरेकी छन्।उनले अगाडि लेखेकी छन्, ‘अरु कसैलाई दोष नदिई, कुनै बहाना नबनाउँदै म मन देखि माफी माग्दछु। आखिर शब्द मेरै हुन्, मैले भनेको कुराको लागि म आफैँ माफी माग्दछु।’

तपाईको प्रतिक्रिया

trusted online casino malaysia