इटहरी । गायक प्रकाश सपुत विवादमा तानिएका छन्। प्रकाशसहित मोडल जुना विश्वकर्माले नृत्य गरेको गीतको सुटिङ-भिडिओका कारण उनीहरूले आलोचना खेप्नुपरेको हो।

केही महिनाअघि सपुतले ‘कमाउने नि हो, रमाउने नि हो’ गीतको भिडिओ सुटिङ गरेका थिए। जसको छायाङ्कन काठमाडौँको वसन्तपुरमा गरिएको थियो। गीतको एक दृश्यमा प्रकाश र जुना कुमारी घर नजिकैको इनारमाथि उभिएर नाँच्छन्। सोही भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै प्रकाशको आलोचना भइरहेको छ।

कुमारीको मुख धुन र स्नान गराउन इनारबाट पानी प्रयोग गरिने बताउँदै प्रकाशले नेवा:सभ्यता र संस्कृतिमाथि अपमान गरेको उनीहरूको आरोप छ। चर्चित कलाकार भएर हेक्का नराखेको भन्दै गाली खाइरहेका छन्।

खेम सेन्चुरी र सुनिता बुढाको स्वर रहेको ‘कमाउने नि हो, रमाउने नि हो’ झण्डै पाँच महिनाअघि सार्वजनिक भएको थियो। सुटिङको भिडिओमा इनार देखिए पनि सार्वजनिक गीतको भिडिओमा भने इनार देखिँदैन।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia