इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा महिलाहरुका लागि धूप बनाउने तालिम सम्पन्न भएको छ । हाम्रो सहयात्रा मञ्च सुनसरीको सहकार्य तथा विन्दवासनि दाहाल दिदीबहिनी समूहको आयोजनामा धूप बनाउनेसम्बन्धी एकदिने तालिम सम्पन्न भएको हो ।संस्थाका अध्यक्ष विनीता दाहालका अनुसार इनरुवा नगरपालिका–३ र ५ नम्बर वडाका दाहाल गृहिणी दिदीबहिनी महिलाहरुलाई व्यावसायिक बनाउन धूप बनाउने तालिम प्रदान गरिएको छ । इनरुवाका दुई वटा वडाका ४० जना गृहिणी महिलालाई धूप बनाउने तालिम दिइएको दाहालले जानकारी दिनुभएको छ ।

तालिमको समापनको अवसरमा कार्यक्रममा बोल्नुहुँदै संस्थाका अध्यक्ष विनीता दाहालले सहभागीहरुलाई सीप सिकेर मात्रै नहुने भन्दै व्यवहारमा उतार्नुपर्ने सुझाव दिनुभयो । घरमा आफ्नो आवश्यकता पूर्ति गर्न, फजुल खर्च बचाउन र बढी उत्पादन गरेर बिक्री गरी केही आम्दानी गर्ने उद्देश्यका साथ तालिम दिएको बताउनुभयो ।उहाँले समूहमा लगानी गरी धूप बनाउन सल्लाह दिनुहुँदै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रशिक्षकले व्यवसायमा लागेर कुनै सहयोग आवश्यक परेमा आफूले सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

तालिमले आफूहरुलाई व्यावसायिक बन्न उत्प्रेरणा दिएको सहभागीहरुले बताएका छन् । तालिममा सहभागी मञ्जु दाहालले गाउँगाउँ टोलटोलमा बसेर समय खेर फाल्नुभन्दा घरमै बसेर कागज र धूपका सामग्रीहरु राखेर धूप बनाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia