एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी आफ्नो फेसन स्टाइल र फिटनेसका कारण चर्चामा रहन्छिन्। नायिका आफ्नो फिल्मभन्दा पनि आफ्नो व्यक्तिगत जीवनका कारण धेरै चर्चामा आउने गर्छिन्। पोर्न फिल्म प्रकरणका कारण उनी राज कुन्द्रासँग विवाह गरेको भन्दै हरेक दिन ट्रोल भइरहेकी छन्।

सामाजिक सञ्जालमा नेटिजन्सले शिल्पा शेट्टीले राज कुन्द्रासँग पैसाका लागि मात्र विवाह गरेको दाबी गरेका छन् । यद्यपि शिल्पाले यस विषयमा सधैँ मौन धारण गरिरहेकी थिइन्। तर अहिले नायिकाले ट्रोलर्सलाई जवाफ दिएकी छन्। हालै एक अन्तर्वार्तामा शिल्पा शेट्टीले यसबारे खुलेर कुरा गरेकी छन्।

जुमलाई दिएको एक अन्तर्वार्तामा शिल्पा शेट्टीले भनिन्, ‘जब मैले राजसँग विवाह गरेँ, उनी गुगलका अनुसार १०८औँ युवा वा धनी ब्रिटिस भारतीय व्यक्ति थिए, जुन राम्रो हो। तर, त्यतिबेला मानिसले गुगलमा शिल्पालाई हेर्न बिर्से, जो आफ्नै हिसाबले पनि धनी थिइन्। म अब धनी छु र मेरो सबै आयकर, जीएसटी बिलहरू तिर्छु।

शिल्पाले थप भनिन्, ‘एक सफल महिला आफ्नो पार्टनरमा पैसा खोज्दैनन् । त्यतिबेला मलाई मन पराउने राजभन्दा धनी अरु पनि थिए। तर पैसा आफैँमा मेरा लागि त्यति महत्त्वपूर्ण थिएन। यदि उनीसँग पैसा मात्र भएको भए र उनी असल व्यक्ति नभएका भए म विवाह गर्ने थिइनँ। राज कुन्द्रा कस्तो मान्छे हो भनेर देखेर मैले बिहे गरेँ।

शिल्पा शेट्टीको वर्कफ्रन्टको बारेमा कुरा गर्दा, उनी पछिल्लो पटक भारतीय पुलिस फोर्सको वेब शोमा देखिएकी थिइन्। जसमा सिद्धार्थ मल्होत्रा ​​र विवेक ओबेरोय पनि मुख्य भूमिकामा देखिएका थिए। राज कुन्द्रा फिल्म यूटी६९ बाट अभिनयको दुनियामा प्रवेश गरेका थिए। यसमा उनको जीवनमा आधारित कथा देखाइएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia