इनरुवा । इनरुवा नगरपालिका–६ घर भएका राजीव फुयाँल आज बिहान मृत भेटिएका हुन् । २८ वर्षीया फुयाँल विराटनगर ११ नयाँ गुद्री अगाडिको होटलको कोठा नम्बर १०८ मा आज बिहान मृत भेटिएका हुन् ।

उनि म्यानपावर व्यवसायी रहेको प्रारम्भिक अनुसंधानले बताएको छ। होटलको १०८ नम्बर कोठामा झुण्डिएको अवस्थामा उनको शव भेटिएको छ ।

अहिले घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगरका डीएसपीको नेतृत्वको टोली अनुसन्धानको लागि पुगेको छ ।

मृतक फुयाँल लामो समयदेखि मेनपावर सञ्चालन गरेर बसेको बुझिएको छ ।

उनले बिहीबार भारत हुँदै २५ जना युवालाई डेनमार्क पठाउने भनेर विराटनगर लिएर आएका थिए ।

उनी विराटनगरको नयाँ गुद्री अगाडि बसेका थिए भने विदेश जाने युवाहरू भने रानी क्षेत्रमा बसेका थिए ।

एक जना डेनमार्क पठाए बापत उनले ७ लाख लाग्ने बताएका थिए । विदेश पढाउनु भन्दा अगाडि एक जनाबाट डेढ लाख लिएका थिए ।

बाँकी रकम विदेश पुगेपछि दिने भनिएको मुकेश कुमार पण्डितले बताए । बिहान युवाहरूसँगै नआएपछि खोज्दै होटेलमा पुग्दा उनी मृत भेटिएका हुन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia