इनरुवा जिल्ला अस्पताल सुनसरी इनरुवामा वृहत आँखा शिविरको आयोजना गर्न लागिएको छ । ईनर ह्वील क्लव अफ पाटनको आयोजनामा माघ १२ गते जिल्ला अस्पताल इनरुवामा वृहत आँखा शिविरको आयोजना गर्न लागिएको हो । ईनर ह्वील क्लव अफ पाटनको आयोजनामा माघ १२ गते जिल्ला अस्पताल इनरुवामा वृहत आँखा शिविरको आयोजना गर्न लागिएको हो ।

माट्रिका आँखा केन्द्र पुरानो पुरानो बानेश्वर काठमाडौंको प्राविधिक सहयोगमा संचालन हुन लागेको शिविरमा आँखा जाँच गर्न आउने सबै बिरामीको परीक्षण गरी आवश्यक औषधोपचार सेवा दिइने जनाइएको छ। शिविर बारे जानकारी गराउँदै डी.एन.ग्रुप अफ कम्पनीजले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्य साथ निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरको आयोजना गर्न लागिएको जनाएको छ ।बढी भन्दा बढी सर्वसाधारणले स्वास्थ्य लाभ उठाउन सकुन भनेर प्रचारप्रसारमा विशेष ध्यान दिइएको उसले जनाएको छ ।यसअघि गरीब तथा विपन्न परिवारको हकमा सहायता प्याकेज उपलब्ध गराउँदै आएको डी.एन.ग्रुपले यस पटक भने आम सर्वसाधारण लक्षित गरी जिल्ला अस्पतालमै वृहत आँखा शिविरको आयोजना गर्न लागिएकोे जनाएको छ ।

सुनसरी जग्गा तथा आवास विकास संघ समेतको संयोजनमा संचालन गर्न लागिएको शिविरमा इनरुवा नगरपालिका र जिल्ला अस्पताल इनरुवा समेतको सहयोग जुटाई वृहत रुपमा आयोजना गर्न लागिएको आयोजक ईनर ह्वील क्लव अफ पाटनले जनाएको छ ।आयोजकका अनुसार जिल्ला अस्पतालमा आयोजना हुने निःशुल्क आँखा शिविरमा जोकोहीले आँखा जाँच गराउन सक्ने छन । जाँचका क्रममा मोतिविन्दु भेटिएका सबै आँखाका बिरामीको निःशुल्क शल्यक्रिया समेत गरिने छ । आयोजकका अनुसार शल्यक्रिया शिविर भने माघ १३ गते कोशी आँखा अस्पतालमा हुने छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia