यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री गरेका छन् ।
“यस वर्ष ५० हजार क्विन्टल धान किसानबाट खरिद गर्ने तयारी थियो, किसानले धान बिक्री नै गरेनन्”, कार्यालय प्रमुख चुलमाया लोवाले भन्नुभयो, “किसानले सरकारले तोकेकोभन्दा बढी मूल्य बजारमै पाएपछि उतै बिक्री गरे, किसानलाई फाइदा नै भयो ।”
कम्पनीले गत मङ्सिरमा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ५८० दशमलव ६२ तोकेको थियो, जुन तत्कालीन बजार मूल्यभन्दा बढी रहेको प्रमुख लोवाले बताउनुभयो ।
सरकारले धानको न्यूनतम समर्थन मूल्य तोक्दा यस वर्ष रञ्जित मन्सुली धान प्रतिक्विन्टल रु चार हजारसम्ममा बिक्री गरेको अर्जुनधारा नगरपालिका–४ का किसान पहलमान खड्काले बताउनुभयो ।
रु चार हजारदेखि चार हजार २०० प्रतिक्विन्टलसम्म रञ्जित मन्सुली धान खरिद बिक्री भइरहेको व्यापारी मानप्रकाश सङ्ग्रौलाले बताउनुभयो । खेतबाटै धान बिक्री भएपछि धान उत्पादक किसानलाई निकै फाइदा पुगेको कृषक सङ्ग्रौलाको दाबी छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लामा यस वर्ष तीन लाख ८५ हजार १९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia