सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेल दोस्रो श्रृंखलाको निर्देशनबाट पछि हटेका छन् । निर्मातामध्येका एक विनोद पौडेलले दोस्रो श्रृंखला निर्माण गर्ने घोषणा गरेको एक दिनपछि निर्देशक पौडेलले निर्देशन नगर्ने उल्लेख गरेका हुन् ।
उनले श्रृंखला निर्माणको योजनाप्रति असहमति व्यक्त गरेका छन् । आफूलाई जानकारी नदिइकन, आफूले सिर्जना गरेका पात्र र कथालाई तन्काएर व्यापार गर्ने माध्यम नबनोस् भन्नेतर्फ सचेत गराउँदै उनले आफूले काम नगरेपनि आवश्यक प्रक्रिया पुरा गरेर अघि बढ्न आग्रह गरेका छन् । सारंगी १ ले स्थापित गरेको गरिमा जोगाउन उनको आग्रह छ । निर्देशक पौडेल यतिबेला ‘कोशेढुंगा’ फिल्म निर्देशनको तयारीमा छन् ।
उनी लेख्छन्, ‘पूर्णबहादुरको सारङ्गीले कोरेको इतिहासलाई इतिहास नै बनाई सम्मानपूर्वक राखौं । यसलाई कमाइ खाने भाडो बनाउन खोज्दा आफ्नै हातले बनाएको इतिहास आफै भत्काउन हुँदैन लागेर मैले यो फिल्म दोस्रो भाग मा काम गर्दिन ।’








