नेपाल तरुण दल सुनसरीले बिहिबार बृहत बैठक बोलाएको छ। इनरुवा स्थित नेपाली काँग्रेसको जिल्ला पार्टि कार्यालयमा उक्त बैठक बस्ने भएको छ।
नेपाल तरुण दल सुनसरीका सचिव रमेश कटुवालका अनुसार सुनसरी जिल्लावाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला कार्य समिति, क्षेत्र कार्य समिति, नगर कार्य समिति, वडा कार्य समितिका तरुण नेताहरुलाई बैठकमा बोलाईएको छ।

फाल्गुण ८ गते बिहान ११ बजे निश्चित गरिएको उक्त बैठक पाँचौ महाधिवेशनलाई कसरी सभ्य र भव्य रुपमा सम्पन्न गर्ने विषयमा छलफल गरिने सचिव कटुवालले बताए।








