sherpa gampo-losar

२६ फागुण, काठमाडौ । शेर्पा जातिहरूका पवित्र चाड ग्याल्पो ल्होसार आज बिभिन्न कार्यक्रमका साथ मनाउदै छन ।यस पर्वमा पहिलो दिन घर, आँगन, बस्ती सफा गरी इष्टमित्र बोलाई, ध्वजापताका टाँगेर बुद्धमूर्ति स्थापना गरी पूजाअर्चना गरी मनाइन्छ । यो चाडए तीन दिनसम्म मनाउने प्रचलन रहेको छ ।

ग्याल्पो ल्होसारमा घर र गुम्बामा लामा, मुखियालाई भेला गराइ पूजा, नाचगान, भोज आयोजना गरी मनाइने गरिन्छ।यस पर्वमा घर–घरमा स्वस्तिक तथा चन्द्र–सूर्यको चित्र कोरी शुभकामना आदानप्रदान गर्ने, मान्यजनसंग आशीर्वाद लिने प्रचलन रहेको छ।

यसैबीच राष्ट्रपति बिद्यादवी भण्डारी ल्होसारको अवसरमा शेर्पा जातिको महान् पर्व नयाँ वर्ष ‘ग्याल्पो ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरिएको छ ।

विश्व पर्वतारोहणको इतिहासमा अनेकौँ कीर्तिमान कायम गरेर संसारभरि नेपालको गौरव फैलाउने शेर्पा समुदायको यस महान् पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण राख्न शुभकामना दिइएको छ ।यस्तै पराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia