उपत्यकामा ट्राफिक जाम कहाँ–कहाँ हुन्छ ?
काठमाडौं, २२ माघ । उपत्यकाको ट्राफिक अस्तव्यस्त छ । एउटै चोकमा सवारीसाधनहरू घन्टौँ कुर्नुपर्ने अवस्था छ । काठमाडौं र भक्तपुर जोड्ने मुख्य नाका कोटेश्वर सबैभन्दा धेरै जाम हुने क्षेत्र हो । यो चोक भएर दैनिक कम्तीमा ५७ हजार सवारी गुड्छन् ।
धेरै ट्राफिक जाम हुने क्षेत्र
कोटेश्वर : काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ट्राफिक जाम कोटेश्वरमा हुने गरेको छ । सडक विभागको तथ्यांकअनुसार कोटेश्वर हुँदै मनोहरा प...











