यूएनएफपीएले दियो इनरुवा अस्पताललाई ५ लाखको स्वास्थ्य सामग्री
यूएनएफपीए ले इनरुवा अस्पताललाई ५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । एक विशेष कार्यक्रमका बिच सो सामग्री अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका जिसस सुनसरी प्रमुख गोपाल राजभण्डारीलाई हस्तान्तरण गरिएको छ ।
अस्पताललाई विपद्को अवस्थामा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक सामग्री (आर.एच.किट) उपलब्ध गराइएको हो । यूएनएफपीए सुनसरीका कार्यक्रम अधिकृत काशी पोखरेलले उक्...












