तित्रिवन स्थित गंगा ट्रेर्डसमा प्रहरीको छापा -६७ थान सिलिण्डर बरामद, प्रोपाइटर सुमन थापा फरार

तित्रिवन स्थित गंगा ट्रेर्डसमा प्रहरीको छापा -६७ थान सिलिण्डर बरामद, प्रोपाइटर सुमन थापा फरार
इनरुवा ४ माघ/ सुनसरी प्रहरीले भाषी ४ मा सुमन थापाले संचालन गर्दै आएको गंगा ट्रेडर्स एण्ड सप्लायर्सबाट अवैध रुपमा भण्डारण गरि राखिएको ठुलो संख्यामा ग्यास सिलिण्डर बरामद गरेको छ । अवैध ग्यास सिलिण्डर भण्डारण गरी मनोमानी रकम लिएर बिक्रि गर्ने तथा कालोबजारी गर्ने गरेको सुराकीका आधारमा प्रहरीले थापाको ट्रेडर्समा आज साँझ छापा मारेको हो । काठमाण्डौं लगायत मुलुकका विभिन्न शहरमा अवैध तवरमा भण्डारण...

इनरुवामा मोर्चाले निकाल्यो मसाल जुलुस

इनरुवा माघ ४/ मधेश आन्दोलनका मागहरु तत्काल सम्बोधनको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सुनसरीले सदरमुकाम इनरुवामा सोमवार साँझ मसाल जुलुस प्रर्दशन गरेको छ । मधेशी मोर्चाको केन्द्रिय आन्दोलन तालिका अनुसार मोर्चा सुनसरीले समेत इनरुवामा मसाल पर्दशन गरेको हो । लगातारको तराई मधेश केन्द्रित आन्दोलनलाई सरकारले वेवास्ता गरेको भन्दै मोर्चाले आफुहरुका माग तत्काल सम्बोधन गरिनुपर्ने माग गरेको छ । ज...

मोटरसाइकलबाट लागुऔषध बरामद

इनरुवा माघ ४/ सुनसरी प्रहरीले धरान इटहरी सडक खण्डबाट लागुऔषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ । इटहरी १ स्थित धरान इटहरी सडक खण्डमा चेकजाँचका क्रममा प्रहरीले धरान ७ का २४ वर्षिय पुकार शाक्यको साथबाट लागुऔषध बरामद गरेको हो । सवारीसाधन चेकजाँचका क्रममा शाक्य सवार को२२प ७९७० नम्वरको मोटरसाइलबाट कोरेक्स २६ थान, इस्पास्मो प्रोक्सिवन १ सय ४० क्याप्सुल, र नाइट्रोजन ट्याबलेट ९५ क्याप्सुल फेला परेको प्र...

डुम्राहाबाट ठुलो परिमाणमा डिजेल बरामद

इनरुवा माघ ४/ सुनसरी प्रहरीले डुम्राहा ७ बाट २२ हजार लिटर डिजेल बरामद गरेको छ । केही समययता इन्धन तस्करी नियन्त्रण अभियानलाई प्राथमिकतामा राख्न थालेको सुनसरी प्रहरीले डुम्राहाबाट ११ ड्रम अर्थात २२ हजार लिटर डिजल बरामद गरेको हो । इन्धन तस्करीको सूचनाका आधारमा अवैध डिजेल बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी नीरिक्षक नवराज न्यौपाने नेतृत्वको गस्ती टोलीले अवैध रुपमा ड्रममा इन्धन ल्याउँदै गरेको भे...

लागुऔषध सहित पक्राउ

लागुऔषध सहित पक्राउ
इनरुवा माघ ३/ सुनसरी प्रहरीले लागुऔषध सहित स्थानीय एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध घरमा लुकाइ राखेको सूचनाका आधारमा छापा मारेको थियो । श्रीपुर जब्दी स्थित रहेको रामनाथ यादवको घरमा खोजतलासका क्रममा लागुऔषध फेला परेपछि २३ वर्षिय रामनाथ यादवलाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ । यादवको घरबाट कोरेक्स १सय४७ बोतल र स्पास्मो प्रोक्सिवन ट्याबलेट २ हजार १६ पिस बरामद भएको थियो ।...

तस्करी नियन्त्रणमा जुट्यो सुनसरी प्रहरी

तस्करी नियन्त्रणमा जुट्यो सुनसरी प्रहरी
इनरुवा माघ ३/ सुनसरी प्रहरीले खुला सीमानाकाको प्रयोग गरी हुने तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्ने भएको छ । मधेश आन्दोलनसँगै मौलाएको तस्करी नियन्त्रणमा लिनुलाई प्रमुख चुनौतिका रुपमा लिंदै आएको सुनसरी प्रहरीले तस्करी नियन्त्रणका लागि विशेष अभियान संचालनमा ल्याउने तयारी थालेको हो ।सुनसरी प्रहरीले आज आयोजना गरेको पत्रकार सम्मेलन मार्फत प्रहरी उपरीक्षक पोषराज पोखरेलले इन्धन लगायतका तस्करी नियन्...

अवैध डिजल सहित टयाङकर प्रहरी नियन्त्रणमा

अवैध डिजल सहित टयाङकर प्रहरी नियन्त्रणमा
इनरुवा माघ ३ / सुनसरी प्रहरीले अवैध डिजल लोड गर्दै गरेको टयाङकर नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । इनरुवा ३ सखुवागाछीमा भण्डारण गरिएको डिजल लोड गर्दैगर्दा प्रहरीले टयाङकर नियन्त्रणमा लिएको थियो । अवैध रुपमा इन्धन भण्डारण गरी तस्करी गर्ने गरेको सूचनाका आधारमा सखुवागाछी ३ स्थित बिद्युत प्राधिकरण कार्यालय अगाडीको सडकबाट ना ४ ख ३०८४ नम्बरको टयाङकर नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ...

सभापतिमा उठ्छु: नेतृ काेइराला

सभापतिमा उठ्छु: नेतृ काेइराला
पाल्पा, माघ १/नेपाली काँग्रेसका नेतृ सुजाता कोइरालाले तेह्रौँ महाधिवेशनमा आफूले पार्टी सभापति पदमा उम्मेदवारी दिने बताएकी छिन्। नेपाल प्रेस युनियनले शुक्रवार विहान पाल्पामा आयोजित पत्रकार सम्मेलनमा नेतृ कोइरालाले अहिले पार्टी नेतृत्वमा रहेका तीनैजना नेताको विकल्प खोज्नुपर्ने बताएकी हुन्। विकल्पका रुपमा आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ थियो । उनले भनिन्– 'अब विकास नै राजनीति हो । त्यसक...

राजेन्द्र महतोको धनः पाँचवटा भैंसी, ९५ तोला सुन !

राजेन्द्र महतोको धनः पाँचवटा भैंसी, ९५ तोला सुन !
१ माघ, काठमाडौं/ मधेसका गरीव एवं उत्पीडित जनतालाई पहाडे समुदाय र काठमाडौंविरुद्ध भड्काउँदै हिँडेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काठमाडौंमा कति जग्गाजमीन जोडेका होलान् ? तथ्य थाहा पाउने हो भने मधेसमा आन्दोलनरत उनकै दलका कार्यकर्ता छक्क पर्न सक्छन् । विमानस्थलमा लोडरको जागिर खाइरहेका भए महतोले काठमाडौंमा घर र करोडौंको जमीन किन्न शायदै सम्भव थियो । तर, राज्यले हेपेको तर्क गर्दै पटक-पट...

प्रकाशपुरमा थारु समूदायको सामूहिक माघी

प्रकाशपुरमा थारु समूदायको सामूहिक माघी
प्रकाशपुर, माघ १/ सुनसरीको प्रकाशपुरमा सामूहिक माघी पर्व मनाइएको छ । थारु कल्याण कारिणी सभा प्रकाशपुरले आयोजना गरेका सामूहिक माघी कार्यक्रममा थारु समूदायको वाहुल्यता रहेको सुनसरीको प्रकाशपुर, महेन्द्रनगर, रामधुनी भासि, बक्लौरी, भरौल, दुहवी र औरावनि लगायतका क्षेत्रका थारुवासीहरुले सहभागिता जनाएका थिए । प्रकाशपुर उच्च माविको मैदानमा भेला भएका थारु समूदायले जातीय भेषभुषा झल्कने झाँकी सहितको ...
trusted online casino malaysia