timthumb
पाल्पा, माघ १/नेपाली काँग्रेसका नेतृ सुजाता कोइरालाले तेह्रौँ महाधिवेशनमा आफूले पार्टी सभापति पदमा उम्मेदवारी दिने बताएकी छिन्।

नेपाल प्रेस युनियनले शुक्रवार विहान पाल्पामा आयोजित पत्रकार सम्मेलनमा नेतृ कोइरालाले अहिले पार्टी नेतृत्वमा रहेका तीनैजना नेताको विकल्प खोज्नुपर्ने बताएकी हुन्। विकल्पका रुपमा आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ थियो ।

उनले भनिन्– ‘अब विकास नै राजनीति हो । त्यसकारण भारत र चीनसँग पनि सम्बन्ध सुधार्दै जानुपर्छ।’

आसन्न १३औँ महाधिवेशनमा युवा वर्ग अगाडि आउनुपर्नेमा उनको जोड थियो । छिट्टै स्थानीय निकायको निर्वाचन हुन लागेकाले सबैले यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia