घाट निर्माणमा सहयोगको आग्रह गर्दै नगर प्रमुखलाई ज्ञापन

घाट निर्माणमा सहयोगको आग्रह गर्दै नगर प्रमुखलाई ज्ञापन
सुनसरी खोला किनारमा रहेको श्मशान घाट निर्माणमा सहयोगको आग्रह गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र बुझाइएको छ । आर्थिक अभावमा निर्माणको कार्य सम्पन्न गर्न ढिलाई हुन पुगेको भन्दै स्वर्गद्वारी घाट निर्माण कार्य समितिले नगर प्रमुख केदार भण्डारीलाई भेटेर ज्ञापन पत्र बुझाएको हो । लामो समय बितिसक्दा समेत घाट निर्माणले पूर्णता पाउन नसकेकाले नगरपालिकाको साथकालागि ज्ञापन पत्र बुझाइएको समितिका अध्यक्ष पहल बहा...

सेवा निवृत्त कर्मचारीहरुलाई इनरुवामा सम्मान

सेवा निवृत्त कर्मचारीहरुलाई इनरुवामा सम्मान
सुनसरी सदरमुकाम इनरुवामा सेवा निवृत्त कर्मचारीहरुलाई सम्मान गरिएको छ । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड इनरुवा र नेपाल निजामती कर्मचारी संगठन सुनसरीको संयुक्त आयोजनामा १ सय ५० बढी सेवा निवृत्त कर्मचारीलाई सम्मान गरिएको हो । विभिन्न पद र ओहदामा रही अवकाश पाएका राष्ट्रसेवक कर्मचारीहरुलाई औपचारिक कार्यक्रमका बिच सम्मान गरिएको हो । सेवा निवृत्त कर्मचारीहरुलाई नेपाल निजामती कर्मचारी...

इनरुवाको बजेट झण्डै ७४ करोड

इनरुवाको बजेट झण्डै ७४ करोड
इनरुवा नगरपालिकाले आर्थिक वर्ष २०७९।०८० को लागि ७३ करोड ९३ लाख ३९ हजार ४ सय १० रुपैंयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा उपप्रमुख बिनिता कुमारी मेहताले वार्षिक बजेट सार्वजनिक गरेकी हुन । प्रस्तुत नीति तथा कार्यक्रममा शैक्षिक क्षेत्रलाई गुणस्तरीय एवं प्रविधिमैत्री बनाइने, नगर क्षेत्रको आधारभूत पूर्वाधार निर्माण गरिने, फोहोरमैला व्यवस्थापन, प्रकोप न्युनिकरण ...

दुव्र्यवहार गरिएको भन्दै बर्जुका कर्मचारी आन्दोलित

दुव्र्यवहार गरिएको भन्दै बर्जुका कर्मचारी आन्दोलित
कार्यालय भित्र दुव्र्यवहार गरिएको विषयलाई लिएर बर्जु गाउँपालिकाका कर्मचारी आन्दोलित भएका छन ।सुरक्षाको प्रत्याभूति नभएको भन्दै आन्दोलित कर्मचारीहरुले कामकाज समेत ठप्प पारेका छन । कार्यालय भित्र कर्मचारी माथि भएको दुव्र्यवहारको घटनामा संलग्न उपर कार्वाहीको माग गरेका उनीहरुले सुरक्षा लगायतको सवालमा गाउँपालिकाबाट साझा प्रतिवद्धता नआए सम्म काममा नफिर्किने बताएका छन । मंगलवार प्रमुख प्रशासकीय अधिक...

मेयरलाई कसले दियो २ करोडको प्रलोभन ऋण लिएर सपिङ कमप्लेक्स नबनाइने

मेयरलाई कसले दियो २ करोडको प्रलोभन ऋण लिएर सपिङ कमप्लेक्स नबनाइने
इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले ऋण लिएर सपिङ कमप्लेक्स नबनाइने बताएका छन । नगरलाई आर्थिक भार बोकाएर कमप्लेक्स बनाउनु भन्दा पार्किङयुक्त हरियाली पार्क बनाउनु उपयुक्त हुने उनले बताए । भण्डारीले २४ करोड ऋण बोकेर पाँच तले संरचना खडा गर्नु भन्दा नगर र नगरवासीका प्राथमिकताका विषय र आवश्यक्ता पहिचान गरी कार्यान्वयनमा ल्याउनु उचित हुने बताए । इनरुवा हार्डवेयर व्यवसायी संघको दोस्रो साधारण सभाल...

कोशी कटानमा संयुक्त विपद् प्रतिकार्य अभ्यास

कोशी कटानमा संयुक्त विपद् प्रतिकार्य अभ्यास
सुनसरीमा सम्भावित विपद् पूर्वको तयारीलाई मध्यनजर गर्दै संयुक्त प्रतिकार्य अभ्यास गरिएको छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका साथै रेडक्रसको टोलीले कोशी कटानमा विपद् व्यवस्थापन तथा पूर्व तयारी गतिविधि लक्षित संयुक्त अभ्यास गरेका हुन । प्रतिकार्य अभ्यास कार्यक्रममा सम्भावित बाढी तथा डुबान, आगलागी र सर्पदंशका घटना आइपर्दा अपनाइने सावधानी, उद्दार र जनचेतना जस्ता विषय केन्द्रित घटनाक्रमलाई प्रत...

परिषरमा रहेको वडा कार्यालय हटाउन जिसस प्रमुखको निर्देशन

परिषरमा रहेको वडा कार्यालय हटाउन जिसस प्रमुखको निर्देशन
जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले कार्यालय परिषरमा रहेको वडा नम्बर २ को कार्यालय एक महिना भित्र हटाउन निर्देशन दिएका छन । वडा नम्बर २ को कार्यालयको नाममा काटिएको पत्रमा कोठा आवश्यक परेको भन्दै साउन १ गते भित्रमा आफ्नो व्यवस्था मिलाई भवन खाली गर्न भनिएको छ । पत्र संख्या २०७८।०७९ को च.न.३३२ को भवन खाली गराई दिन हुन भन्ने शिर्षकको पत्रमा जिसस सुनसरी प्रमुख राजन मेहताको हस्ताक्षर ...

जिसस सुनसरीमा गठबन्धनको प्यानल जीत

जिसस सुनसरीमा गठबन्धनको प्यानल जीत
जिल्ला समन्वय समिति सुनसरीको सम्पन्न निर्वाचनमा गठबन्धन दलले प्यानल जितेको छ । प्रमुख, उपप्रमुख र दलित महिला सदस्य गरी तीन पदकोलागि आज सम्पन्न निर्वाचनमा तीनवटै पद जीतेसँगै गठबन्धनले जिससमा प्यानल जीत हात पारेको छ ।निर्वाचन परिणाम अनुसार जिसस सुनसरीको प्रमुखमा इनरुवामा पूर्व मेयर राजन मेहता निर्वाचित भएका छन ।त्यसैगरी उपप्रमुखमा कमला दहाल बिजयी भएकी छिन । दलित महिला सदस्य तर्फ समेत गबबन्धन ...

इनरुवाका विद्यालयमा जङ्क फुड निषेध गरिदै

इनरुवाका विद्यालयमा जङ्क फुड निषेध गरिदै
इनरुवा नगर क्षेत्र भित्र रहेका विद्यालयमा जङ्क फुड निषेध गर्न लागिएको छ । नगरपालिकाको कार्यालयले विद्यार्थीले अत्याधिक मात्रामा प्रयोगमा ल्याउने त्यस्ता खाद्य सामग्री प्रतिवन्ध गर्न लागेको हो । बालबालिकाको स्वास्थ्यमा नराकात्मक असर पार्ने भन्दै नगर प्रमुख केदार भण्डारीले विद्यालयमा खाजाको रुपमा हुँदै आएको जङ्क फुडको प्रयोगलाई निषेध गर्न लागिएको बताए ।नगर प्रमुख भण्डारीले वस्तुगत अवस्था अनुगमनको...

कांग्रेसले टुङ्ग्यायो जिसस सुनसरीका प्रमुख र उपप्रमुख

कांग्रेसले टुङ्ग्यायो जिसस सुनसरीका प्रमुख र उपप्रमुख
नेपाली कांग्रेसले जिल्ला समन्वय समिति सुनसरीको प्रमुख र उपप्रमुख पदका उम्मेदवार टुङ्ग्याएको छ । नेपाली कांग्रेस १ नम्बर प्रदेश कार्य समितिको बैठकले जिसस प्रमुख र उपप्रमुखको अन्तिम नाम टुङ्गो लगाएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश एकका संसदीय दलका नेता राजिव कोइरालाले प्रमुख र उपप्रमुखको अन्तिम नाम टुङगो लगाइएको बताउनु भयो । कोइरालाका अनुसार उक्त नाम आज औपचारिक टुङ्गो लागे...
trusted online casino malaysia