संगीत छाड्न लागेको संकेत गर्दै सेलेना गोमेज भन्छिन्- थाकिसकें, अभिनयबारे सोच्दैछु
काठमाडौं । अमेरिकी गायिका सेलेना गोमेजले संगीतबाट सन्यास लिन लागेको र आगामी एल्बम अन्तिम हुनसक्ने संकेत गरेकी छन् । इन्डिपेन्डेन्ट पडकास्ट कुराकानीमा ३१ वर्षीया गायिकाले अभिनय करिअरमा ध्यान केन्द्रित गर्न चाहेको बताएकी छन् ।
पप गायिकाको रूपमा सफलता हासिल गर्नुअघि र ‘ह्यान्ड्स टु माइसेल्फ’, ‘रेयर’ र ‘ब्याड लायर’जस्ता गीत रिलिज गर्नुअघि सेलेनाको पहिचान डिज्नी च्यानल स्टारको रुपमा थियो । सन् २०२० ...












