यसरी गरियो श्रीदेवीलाई भावपूर्ण अन्तिम विदाई (तस्विरहरु सहित)
गत शनिबार दुबईमा निधन भएको भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार बुधबार भारतीय सहर मुम्बईमा गरिँदै छ । उनको अन्तिम संस्कार बुधबार अपराह्न चारबजे हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अपराह्न २ बजेबाट भने शवयात्रा सुरु हुने छ ।
राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिने भारत सरकारले जनाएको छ । उनी भारतको चाैथाे उच्च पदक मानिने पद्मश्री प्राप्त अभिनेत्री हुन् । ...












