काठमाण्डौ, १६ माघ । शसस्त्र प्रहरीका एक जवानले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई जोडेर अभद्र व्यवहार गरेको भन्दै गोर्खाको भिमसेन थापा गाउँपालिका अध्यक्ष ईस्वर पाण्डेले आपत्ति जनाएका छन् । केही दिन अघि गोखार्, बगूवाका संकर श्रेष्ठ नाम गरेका व्यक्तिको फेसबूक पेजमा आफ्नो फोटो सहित पोष्ट भएको स्टाटसमा शसस्त्र प्रहरीमा कार्यरत निरेस बराम (ठाकूर) ले (RIP) लेखेर पोष्ट गरेको भन्दै उनले आपत्ति जनाएका हुन् । अरुलाई सुरक्षा सहित न्याय दिलाउन खटिएका राज्यका कर्मचारीबाटै आफुलाई जोडेर सामाजिक सञ्जालमा अभद्र व्यवहार हुनु दुखद भएको भन्दै कानुनी दायरामा ल्याई कारबाही गर्न माग गर्ने उनले बताएका छन् ।
बराम गोर्खा भिमसेन थापा गाउँपालिका घर भई हाल कपिलबस्तुको विन्दावासीनी गण चनरौटामा कार्यरत रहेको अध्यक्ष पाण्डेले बताए । बरामले चलाउदै आएको उक्त फेसबुक आईडि बाट कमेण्ट बक्समा (चष्उ) लेखेर माघ ३ गते बुधबार पोष्ट गरेको आफुले पाएको समेत पाण्डेले बताएका छन् ।
यस अघि बरामले भिमसेन थापा गाउँपालिकाको बगुवामा गएको दशैँका अवसरमा बगुवा सेवा समाजले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा टेबल कुर्सी तोडफोड र वडा कार्यालयमा समेत ढुंगामुढा गरि कारबाहीमा परेका थिए । तोडफोड पछि केही दिन फरार रहेका बरामलाई घ्याम्पेसाल प्रहरी चौकीले पक्राउ गरि क्षतिपुर्ति तिराएको थियो । माफी समेत माग्न लगाई रु.२०,००० (बिस हजार रुपैँया) क्षतिपुर्ति स्वरुप जरिवाना तिराइएको बताईएको छ । जरिवाना सहित उनि उक्त प्रहरी चौकीको रोहवरमा गल्ति नदोहोर्याउने सर्तमा छाडिएका थिए ।पुर्बेलीको सहयोगमा









