क्यालिफोर्नियाका मर्कस र मिलीको पहिलो भेट उनीहरु पढ्ने स्कुलमा भएको हो । स्कुल सकेर कलेजमा पुगेपछि उनीहरुलाई एकअर्कासँग प्रेम भएको थियो र २७ वर्षको उमेरमा दुबैले विवाह गरेका थिए । तर विवाहपछि हनिमुन गएका यी जोडी कहिल्यै घर फर्किएनन् । यी दुबैले एउटा स्कुल बसमा आफ्नो बाँकी जिन्दगी कटाउने निर्णय गरेका छन् ।

स्कुले जीवनबाट शुरु भएको उनीहरुको प्रेम अब स्कुल बसमै संसार घुमेर जिन्दगी बिताउने उनीहरुले निर्णय गरेका छन् । २०१७ मा विवाह भएको तीन दिनपछि उनीहरुले बसलाई घरको आकार दिन शुरु गरेका हुन् । यी जोडीले मिलेर लिएको एउटा स्कुल बसभित्र मिनी बेडरुम, ट्वाइलेट र फ्रिजजस्ता उपकरणसहितको भान्छा राखेका छन् । यस बसबाट उनीहरुले हालसम्म एरिजोना, म्याक्सिको, बेलाइज, कोस्टारिका र सेल्वाडोरजस्ता ठाउँहरुको यात्रा गरिसकेका छन् ।

विवाहपूर्व पनि मर्कस र मिली दुवै यात्राका शौखिन थिए । बसलाई घरको रुपमा परिणत गर्न अघि दुवैले दुई महिनामा पूरै अष्ट्रेलिया घुमेका थिए । यस स्कूल बसको आन्तरिक डिजाइन एउटा घरको जस्तै छ । गाडीको भित्री भागमा उनीहरुले संसारको नक्शाको वालपेपर बनाएका छन् । आफ्नो त्यस्तो अद्भूत जीवनका तस्विरहरुलाई यी जोडीले आफ्नो इन्सटाग्राममा लगातार शेयर गरिरहेका हुन्छन् । सामाजिक सञ्जालमा उनीहरुका हजारौं फलोवर्सहरु रिलेशनशिपको विषयलाई लिएर उनीहरुसँग टिप्सपनि मागिरहेका हुन्छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia