लिंग परिवर्तन गरेर महिला बनिन् सन्ध्या
२२ कार्तिक। सहयात्री समाज वीरगन्जकी कार्यक्रम संयोजक सन्ध्या लामाले आफ्नो पुरुष लिंग परिवर्तन गरी महिला पहिचान कायम गरेकी छन् । उनले अगस्त ८ मा थाइल्यान्डको बैंककस्थित प्रतुनाम पोलिक्लिनिकमा सेक्सुअल रिअसाइनमेन्ट सर्जरी गरेकी हुन् । उनले झन्डै १ दशक तेस्रो लिंगीको पहिचान बोकेकी थिइन् ।
मुख्य चिकित्सक डा. थेपसहितको टोलीले ५ घण्टाको शल्यक्रियापछि उनको पुरुष लिंग हटाएर महिलाको यौनांग प्रत्यारोपण...












