अनुशा दाहाल। हुन त म कुनै राजनैतिक विश्लेषकको हैसियत राख्दिन तर नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नियाल्दा राजनीतिशास्त्रको विद्यार्थी भएको नाताले मैले मेरो कलमलाई रोक्न सकिन ।
भन्ने गरिन्छ, कुनैपनि देशलाई बर्बाद गर्नु छ भने त्यहाँ जातिवादको आगो सल्काइदिए पुग्छ, मुलुक खरानी बन्नेछ । स्वयम्भुको दृष्टि परेको, शान्तिकादुत गौतम वुद्धले शान्तिको विरुवा रोपेको, हिमाल झैं अटल, गर्व गर्न लायक कला, धर्म, संस्कृति, भाषा रहेको अनुपम प्राकृतिक छटाले भरिपूर्ण सर्वभौमसत्ता सम्पन्नमुलुक नेपालमा पछिल्लो समय विभिन्नखाले आन्तरिक द्वन्दले मलजल पाएर हिंसातर्फ उन्मुखभइरहेको अनुभुतभइरहेछ ।
विशेषतः जातिय द्वन्दले हाम्रो देशमा केही राजनैतिक शक्तिहरुले विगतमा जनताको क्भलतष्mभलतक पाउनकालागि दुरगामी असरको ठेक्का नराखीजातिय मुद्दालाई उठाउँदै गए, फलतः निर्वाचन Sentimental Vote पाएर तत्काल आ–आफ्नो दललाई बलियो रुपमा उभ्याउन सफल पनि भए तर यो मुद्दाले हामीलाइ अनेकन टुक्रामा विभाजन गरिदियो । हामीबीचको मानवीय संवेदना खै कतातिर विलय भइदियो अनि हामी भित्रको एकमुठ्ठी राष्ट्रियता पनि भोको पेट भर्न अरबतिर गइदियो क्यारे ।
अहिले त केही मधेसवादको कुरा र्गछन्, कोही लिम्बुवानको, कोही महिला वकालतको कुरा गर्छन् कोही बाहुनवादको विरोध गर्छन् भने कोही बाहुनकै विरोध गर्छन् । राष्ट्र, राष्ट्रियता र मानवताको कुरा गर्नु त एकादेशको कथा भैसक्यो ।
यदाकदा राष्ट्रियताको नारा लगाउनेहरु पनि भारतको विरोध गर्नुलाई नै राष्ट्रियता ठान्दछन् । भोको पेट, नाङ्गो शरीर र सडकपेटीको वासले राष्ट्रियता बुझ्दैन, लोकतन्त्र बुझ्दैन अनि समाजवादको त कुरै छोडौँ । जब सम्म भोको पेटले अन्नपाउँदैन, नाङ्गो शरीरले आङ ढाक्न पाउँदैन र सुकुम्वासीले छत पाउँदैन तब सम्म विपन्नका लागिआय र पीडितका लागि न्याय नै समाजवादहो भन्ने कुरा उसलाई हामीले बुझाउन खोज्नुलाई हाम्रो मुर्खताशिवाय केही भन्न सकिँदैन ।
नियम र प्रक्रिया माथि थोरै विश्वास राखने, डर, धम्की, त्रास र दण्डबाट उत्प्रेरित मनस्थितिले भाइचारालाई विथोलिरहेको कुरामा दुईमत छैन । देशमा शान्ति र सुव्यवस्था खल्बलिँदा जनताका नागरिक, राजनैतिक, आर्थिक, सामाजिकअनि साँस्कृतिकअधिकार सुनिश्चितहुँदैन । नेपालमा लोकतन्त्र स्थापना भएको डेढ दशक बित्नलाग्दा पनि लोकतन्त्र संस्थागत हुननसक्नु, कानुनी सवच्छता, संविधानवाद लागु नहुनुले हाल लोकतान्त्रिक उपलब्धी गुम्न सक्ने खतरा पैदा भएको छ ।
लम्बिदो राजनैतिकअस्थिरता, जातिवाद, क्षेत्रवादले उदय, भड्किदो सामाजिक द्वन्दबाट लोकतन्त्र प्रति वितृष्णा पैदा भएर राजतन्त्र नै ठीक थियो जहाँ जनताअनुशासनमा रहन्थे भन्ने पनि एक ठूलै जमात भइसकेको छ नेपालमा । यस्तो सन्दर्भमा आफुलाई लोकतन्त्रको हिमायती भन्न रुचाउने राजनीतिक शक्तिहरुले एक ठाउँमा उभिएर भन्दापनि कानूनको शासनमा जोड दिनु आजको आवश्यकता हो ।
अहिले समग्र मुलुकको ध्यान प्रदेश नं. २ मा केन्द्रित छ । मधेस केन्द्रित ६ वटा राजनीतिक पार्टीहरुको एकीकरण पश्चात् स्थापित दल राष्ट्रिय जनता पार्टी नेपालले आगामी असोज २ मा हुनगइरहेको स्थानीयतहको तेस्रो चरणको निर्वाचनमा भागलिने निर्णय गरे सँगै राजनीतिक सरगमी बढेको छ २ नं. प्रदेशमा भने मुलुकको समग्र राजनीतिले अलिकति बाटो समातेको पनिआभाष भइरहेछ ।
आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो । एकपल्ट इतिहास पल्टाएर हेरौँ, हिँजो जनमत सङ्ग्रहमा भागनलिने पार्टी नेकपा एमाले आज निर्वाचनकालागि सबैभन्दा बढी आतूर छ । हिँजो निर्वाचन स्थलमा बम पड्काउँदै हिँड्ने माओवादीले आज आफ्नो नेतृत्वमा स्थानीयतहको पहिलो चरणको निर्वाचन सफलता पूर्वक सम्पन्न गरायो, स्थानीयतहको चुनावमा भागनलिने घोषणा गरेको संघीय समाजवादी फोरम नेपाल आज बुलेटबाट हैन ब्यालेटको आन्दोलन आजको आवश्यकता हो भन्दैछ र अन्ततः राजपाले पनि तेस्रो चरणकै चुनावमा भएपनि सहभागिता जनाउनुले उसको परिपक्वतालाई दर्शाएको छ ।
२०७० माघ ८ मा संविधानसभा गठन भएको ठीक ४ वर्ष भित्रअर्थात् २०७४ माघ ७ सम्ममा ३ तहकै (संघ, प्रदेश र स्थानीयतह) निर्वाचन सम्पन्न गरिसक्नुपर्ने बाध्यात्मक संवैधानिकव्यवस्था छ, जुनमितिआउन ५ महिना भन्दा कम समय मात्र बाँकी रहँदा सम्म हामीले स्थानीयतहको मात्र पनि १ प्रदेशको चुनाव गर्न बाँकी छ । प्रदेश र संघको चुनावको लागि ढिलै भएपनि राजनैतिकदलहरु तात्तिँदै गरेको अवस्था छ ।
समय सीमाको कारण दुवै तहको निर्वाचन एकै पटक तर भौगोलिकताको आधारमा २ चरणमा गर्न निर्वाचनआयोग सँग वहस र छलफल पनि चलिरहेकै छ । नियम र प्रक्रिया नमिची, आ–आफ्नो Sentimental Vote मात्र नहेरी समय सीमा भित्रै तीनै तहको चुनाव सम्पन्नहोस् भन्ने आमचाहना हो ताकी सयौँ, हजारौँको बलिदानले हाल सम्म प्राप्त राजनीतिक उपलब्धी हामीले गुमाउनु नपरोस्, अन्तिम प्रसव पीडामा रहेको मुलुकको संक्रमणकाल बाट स्वस्थ बच्चा जन्मियोस् जसकालागि हामी सवैको हृदयमा मुलुकको ऐश्वर्य नै आफ्नो ऐश्वर्य हो भन्ने भावनाको विकास हुन सकोस् ।
जय देश ! जय नेपाल !









